मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति सुरक्षामा विशेष ध्यान दिएका छौँ : मुख्यमन्त्री पौडेल

शुक्रबार, २४ असोज २०७६, १५ : ४२
शुक्रबार, २४ असोज २०७६

हेटौडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएपछि प्रदेश सरकारले प्रदेशको शान्ति सुरक्षा र अमन चयनका लागि विशेष ध्यान दिइएको बताएका छन् ।

शुक्रबार ३ नम्बर प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६४ औँ प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले आन्तरिक मामिला  तथा कानुन मन्त्रालयमार्फत प्रदेश प्रहरी अन्तर्गतका ४८ प्रहरी इकाईहरुको भौतिक व्यवस्थापनको लागि बजेट बिनियोजन गरि निर्माण कार्य अगाडी बढेको जानकारी दिए ।

त्यस्तै प्रदेश अन्तर्गतका जिल्लाहरुको शान्ति सुरक्षाका सम्बन्धमा सुरक्षा गोष्ठी सञ्चालन र बिभिन्न क्षेत्रमा रहेका अपराध तथा  गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरुको सहकार्य र समन्वयमा थप व्यवस्थित बनाउने कार्यको थालनी भएको पनि बताए ।

मुख्यमन्त्री पौडेलले यस बर्षको नीति तथा कार्यक्रममा प्रदेश प्रहरी सम्बन्धि कानुन तर्जुमा गरेर प्रदेश प्रहरी गठन गरिने र सुरक्षालाइ जनस्तरसम्म मजबुद बनाउन स्थानीय तहसम्म समन्वय गर्ने नीति लिएको बताउदै राज्यबिरुद्ध हुने गतिबिधि अपराध लगायतको सुचना संकलन अध्ययन अनुसन्धानको लागि प्रदेश अनुसन्धान ब्युरो गठन गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप