टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् ।
नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् । वरियताको बलिङतर्फ सन्दीप ६४औँ स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अङ्क पाएका छन् । यस्तै ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा छन् । ३५२ रेटिङ अङ्क पाएका अविनाश १०० औँ स्थानमा छन् ।
त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अङ्कसहित ६८औँ स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त ९०औँ स्थानमा झरेका छन् । टी ट्वान्टीको अलराउन्डर वरियतातर्फ कप्तान पारस २४औँ स्थानमा उक्लिएका छन् ।
कप्तान खड्काले १०८ रेटिङ अङ्क पाएका छन् । अलराउन्डरतर्फ ५९ रेटिङ अङ्क पाएका नेपालका सोमपाल कामी ६२औँ स्थानमा यथावत् रहेका छन् । अलराउन्डतर्फ करण ४२ रेटिङ अङ्कसहित ८२औँ स्थानमा छन् ।
ब्याटिङतर्फ कप्तान खड्काले ठूलो फड्को मारेका छन् । कप्तान पारस ४५औँ स्थानमा उक्लिएका छन् । ४६६ रेटिङ अङ्क पाएका कप्तान पारस अघिल्लो पटक ६६औँ स्थानमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्छः मन्त्री अधिकारी
-
सर्वोच्चद्वारा कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
-
प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह
-
प्रतिवेदनमा औँल्याइएका सुझाव कार्यान्वयन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
अर्घाखाँचीमा टिपर दुर्घटना, चालक र सहचालक घाइते