बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक दुर्घटना : ३९ सिट क्षमताको गाडीमा ८० बढी यात्रु !

शुक्रबार, २४ असोज २०७६, १४ : ३६
शुक्रबार, २४ असोज २०७६

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा दुर्घटनामा परेको बसमा ८० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

३९ सिट क्षमता भएको बसमा ८० भन्दा बढी यात्रु रहेको प्रारम्भिक जानकारी आएको काभ्रे प्रहरीले जनाएको छ ।


 

काभ्रे प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार यतिबेला धुलिखेल अस्पतालमा ४५ जना यात्रुको उपचार भइरहेको छ भने शिर मेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालबाट २ जना बिरामीलाई न्युरो अस्पतालमा रिफर गरिएको छ । त्यसैगरी काठमाडौँको ट्रमा सेन्टरमा १३ जनाको उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार ५ पुरुष, ४ महिला र २ बालबालिकाको मृत्यु भएको पुष्टी भएको छ । यद्यपि मृतक सबैको पहिचान खुलिसकेको छैन ।  घाइतेहरुको उपचार जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बसमा क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने घटनास्थलमा रहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप