बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने कानून उल्लंघन क्षम्य हुँदैन :  गृहमन्त्री

शुक्रबार, २४ असोज २०७६, १३ : ४२
शुक्रबार, २४ असोज २०७६

गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका विरुद्धका हिंसामा शुन्य शहनशीलता अपनाई कारवाही अघि बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६४ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दे गृहमन्त्री थापाले आर्थिक अनियमिता तथा महिला र बालबालिका विरुद्धका हिंसाका घटनामा संलग्न तत्त्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन् ।

उनले नाम उल्लेख नगरिकनै ‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने त्यस्ता क्रियाकलाप क्षम्य नहुने पनि स्पष्ट परे ।

उनले भने, ‘आर्थिक अनियमितता, महिला तथा वालबालिमामाथि हुने हिंसा विरुद्धको हरेक क्रियाकलाप विरुद्ध शुन्य शहनीलता अपनाई आपराधिक तत्वलाई निस्तेज पार्न डटेर काम गर्न सम्पुर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु । जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लघन भएको र आर्थिक अनियमिता गरेको कार्य कदापि क्षम्य हुदैन । त्यस्तालाई कारवाही गर्न कुनै हिचकिचाहट हुने छैन ।’

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि कसुरको अनुसन्धान प्रक्रियालाई अनुमान र आम रायले प्रभाव पार्न नहुने बताए । कसुरको शीघ्र अनुसन्धान गरी संलग्न दोषी छिटै पक्राउ परोस् भन्ने आम अपेक्षा हुनु स्वभाविक भएपनि अनुसन्धान विज्ञान भएकाले समय लाग्ने उल्लेख गर्दे उनले प्रहरीको अनुसन्धान प्रक्रियालाई आमराय र अनुमानले प्रभाव पार्न नहुने बताएका हुन् ।

उनले लागुऔषध, मानव वेचविखन, विद्युतीय कसुर, अबैध हातहतियार ओसार पसार र तस्करी नै अपराधका मुख्य चुनौति भएको र त्यस्ता अपराधका सञ्जालहरु अन्तरदेशीय सम्पर्कमा विस्तार हुदै गएको उल्लेख गरे ।

उनले त्यस्ता अपराधको प्रभावकारी अनुसन्धानका लागि प्रहरी संगठनको क्षमता विस्तारको साथै आवश्यक साधन स्रोतको उपलब्धता अत्यावश्यक रहेको बताए ।

कार्यक्रममा कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका ४३ जना प्रहरीलाई अमर प्रहरी घोषणा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप