केन्द्रीय संस्करण

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण: नेपालको समृद्धिमा छिमेकीहरुको भूमिका

person explore access_timeअसोज २४, २०७६ chat_bubble_outline0

छिमेकी मुलुक चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणले विश्व राजनीतिमा हाम्रो मुलुक नेपाल यो क्षणमा आकर्षणको केन्द्र बनेको छ । त्यत्रो विशाल शक्तिशाली देशको राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउनु नै हाम्रो मुलुकको गरिमाको उचाइ निकै बढेको छ । स्वतन्त्र, सार्वभौम र स्वाधीन राष्ट्र नेपाललाई छिमेकी मुलुकले दिएको यो प्राथमिकतालाई नेपालको सबै नागरिकहरुले दिल खोलेर स्वागत गर्नु पर्छ । नेपाल — चीनको युगौंदेखिको भातृत्व र छिमेकी बीचको गाढा सम्बन्धमा थप सुदृढ र निरन्तरता कायम गरेको यो भ्रमणले पुष्टि गर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो प्रधानमन्त्री कालमा दुई पटक नेपालको औपचारिक भ्रमण गर्नुभयो । दुई छिमेकी मुलुकले नेपालप्रतिको गाढा सम्बन्धलाई तीब्रता दिएको छ । नेपालको राजनीतिक परिवर्तन, संघीयता र गणतन्त्र सहितको नयाँ संविधान जारी र कार्यान्वयन, सम्वृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य जस्तो महत्पूर्ण कदम प्रति छिमेकी मुलुकको सहयोग अनिवार्य छ । छिमेकी मुलुकको  भावपूर्ण सहयोगबाट सम्वृद्धिको परिणाम मुखी उपलब्धिहरु हासिल गर्ने, नेपाली विशिष्ठता सहितको राष्ट्रिय एकता र नेपालको विविधतायुक्त सामाजिक धरातललाई समाजवाद उन्मुख राष्ट्रिय शक्तिमा वदल्नु पर्ने नेपाली विशिष्ठताको नयाँ युगमा मुलुकलाई प्रवेश गर्ने भएकोले नेपाली जनताले छिमेकी मुलुकहरु विच नयाँ युगको नयाँ नीति तय गर्नु पर्ने समय आएको छ ।

उत्तर छिमेकी चीन र अर्को छिमेकी भारत दुवै मुलुकको विचमा अवस्थीत नेपालका जनताहरुले आफनो तागत पौरखबाट मुलुकमा गणतान्त्रीक संविधान जारी गर्न सफल भएका छन् । यस्मा दुवै मुलुकको उतिकै सहयोग र सदभाव छ । नेपालले आफनै पहिचानको मुलुक हो । यहांको जनजिवन, सामाजिक वनावट, भौगोलिक्ता, धार्मीक सहिष्णुता र परम्परा छ । हामीले चाहेर पनि छिमेकीहरुसंग अलग हुन र आफनो पहिचान विशिष्ठता त्याग गर्न सक्तैनौ । यो हाम्रो राष्ट्रियता हो । यसैको विचबाट नेपालको सम्वृद्धि खोज्नु पर्छ । छिमेकीहरुलाई नेपालको मर्म वुझाऊन सक्नु पर्छ । हामी स्वतन्त्र र सार्वभौम राष्ट्र भएको भावानात्मक सन्देश दिन सक्नु पर्छ । दुवै देशसंगको सम्वन्धको पारदर्शिता, आत्मासम्मान र गौरवपूर्ण नेपालको पहिचान र विश्वको मानचित्रमा नेपालको गरिमामय ऐतिहासिक पृष्ठभूमीको प्रस्थानविन्दुबाट भावि सम्वृद्ध नेपालको खाका कोर्न सक्छौ । यो विषयमा नेपाली — नेपाली विचमा व्यापक छलफल हुन जरुरी छ । हामी नेपाली नेपाली नै हौ । छिमेकी छिमेकी नै हो भन्ने अन्तरमर्मलाई छिमेकीको दिल जित्न सक्नु पर्छ । नेपालको विभिन्न चरणमा प्रयोग गरेको छिमेकीसंगको नीतिलाई सकारात्मक रुपमा आत्मासात गर्दै थोत्रा पुराना धारणालाई परित्याग गर्ने आंट गर्न सक्नु पर्छ । नयाँ नेपालले खोजेको छिमेकी नीति र परराष्ट्र नीति यही हो । देशको नेतृत्व सम्हालेको र प्रतिपक्षीमा रहेका राजनीतिक पार्टीले यो मान्यतालाई नेपालका साझा मान्यता प्राप्त गर्न सक्नुपर्छ । मुलुकको आन्तरिक वहस र अन्तरक्रियाभित्र छिमेकीसंगको सम्वन्धको निकटता र तिक्तता श्रृजना दिन हुनु हुँदैन ।

नेपाल — चीन बीचको सम्वन्ध ई ४०६ मा भिक्षुक फा को लुम्वीनी भ्रमणबाट शुरु भएको अध्ययनबाट देखिन्छ । औपचारिक नेपाल—चीन दौत्य सम्वन्ध चिनियाँ जनक्रान्ति सफल भएपश्चात सन् १९५५ बाट भएको हो । नेपाल र चीनबीच नेपालको उत्तरी क्षेत्रको १४ हजार किलोमिटर सम्मका जनताहरु विच गहिरो सम्वन्ध स्थापीत छ । वाह्रौ सताव्दिमा अरनीको सहित ८४ जना नेपाली चीनको वादशाह कुव्ला खां निमन्त्रणमा गै वाईट पेगोडा निर्माण गरेको देखिन्छ । चीनको वेजिड.मा यो सेतो पेगोडा निर्माण गर्न १४ वर्ष लागेको थियो । यो पेगोडा निर्माणले नेपाल चीन सास्कृतिक सम्वन्ध स्थापीत भएको, तिव्वतका राजा सड.चड. गम्पोको पालामा उद्धव देवको  तिव्वत पलायन, नरेन्द्रदेवलाई पुनः राजा वनाऊन भूमीका खेलेको तथा यीनै तिब्वती राजा सड.चड. गम्पोसंग भृकुटीको विवाह जस्ता महत्वपूर्ण कारणले तिव्वतसंग नेपालको गहिरो सम्वन्ध स्थापीत भएको, आधुनिक समयमा नेपाल — चीनको दौत्य सम्वन्धका कारण थप सुदृड हुदै गएको अध्ययन श्रोतबाट देखिन्छ । विभिन्न चरणका शासकहरु विच प्रतिनिधि मण्डलहरुको आवत जावत, १५ औ सताब्दिमा दोलखाका राजा ईन्द्रसिंह देवले निकालेको चांदीको मोहर सन् १५०५ मा तिव्वतमा पठाएको देखिन्छ ।  गोरखाका राजा राम शाह र तिव्वत विच सन् १६०५ मा सन्धी गरि व्यापारिक सम्वन्ध कायम गरेको देखिन्छ । नेपाल — चीन विचको सम्वन्धमा उताव चढावको अवस्था पनि श्रृजना भयो । नेपालको अंशुवर्मा ठकुरी राजाका पालादेखि नेपाल —चीन — तिब्बत विचको घनिष्ठ सम्वन्ध भएतापनी नेपाल —चीनका — तिब्बत विच सन् १७८८, सन् १७९१ र सन् १८५५ गरि तिन पटक ठूला ठूला युद्ध भएको देखिन्छ । प्रथम युद्ध वि.सं १८४६ जेठमा भएको केरुड. सन्धी, दोश्रो युद्ध वि.सं. १८४९ भाद्र ६ मा भएको वेत्रावति सन्धी ( रसुवा —नुवाकोटको सिमाना)  तेश्रो युद्ध वि.सं १९१२ चैत्रमा थापाथली सन्धीबाट अन्त भएको थियो । उक्त सन्धीहरु र वर्तमान प्रधानमन्त्री केपी शर्मा वली सम्मका विभिन्न चरणका प्रधानमन्त्रीहरुको पालामा भएको सन्धी सम्झौताहरुको घटनाक्रमहरुबाट  नेपाल —चीन सम्वन्ध दुई स्वतन्त्र मुलुक विच सार्वभौमिक्ता र राष्ट्रिय स्वाधिनताको आधारमा दौत्य सम्वन्ध स्थापीत हुदै आधुनिक अवस्था सम्म आई पुगेको देखिन्छ ।

चीन नेपालको असल छिमेकी मात्र नभएर नेपालको चौतर्फी विकासको पक्षमा साथ सहयोग दिने असल मित्र देशको रुपमा आफुलाई नेपालीहरु समक्ष प्रस्तुत गरेको थुप्रै उदाहरणहरु हामीहरु सामु छ । तर चीनको सहयोगमा नेपालीहरुको आत्मा निर्भरताको लागी स्थापना गरि दिएका प्राय सवै उद्योग र कल कारखानाहरु २०४६ सालको जनआन्दोलन पछि गठीत सरकारले निजिकरणको नाममा विघटीत गरे, काठमाण्डौ उपत्यकाका जनतालाई सरल रुपठमा आवत जावत गर्ने त्रिपुरेश्वर सुर्यविनायक ट्रलीवस सेवा वन्द गरे, यी सेवा तथा उद्योगहरुले नयाँ विकास गर्नु पर्नेमा विनासको अवस्थामा पुग्यो । नाकावन्दी र भुकम्पको समयमा चीनको सहयोगमा अग्रता देखियो । केरुड. काठमाण्डौ रेल वारे अहिले छलफल भैरुहेको छ, नेपाल र नेपालीको आर्थिक अवस्था उकास्ने भन्दा पनि चीन साम्यवादीपक्षधर मुलुक भएकोले नेपालमा उनको सहयोगलाई न्युनिकरण गर्ने र त्यसै गरि भारत रुडीगत संसदवादी मुलुक भएकोले नेपालमा उनको प्रवेशलाई आपत्तीजनक ठान्ने नेपाल भित्रका अनुउद्धारवादी मानसिक्ता वोकेका केही नेता तथा पूर्व प्रधानमन्त्रीहरुले चीनको सहयोगमा निर्माण हुने रेल सेवाबाट चीनको ऋणमा ढुव्ने वहानको खतरा देखाई रहेका छन् । छिमेकीहरुलाई भड्काउने र चिढाउने कार्यमा उत्तेजित पार्न कोशिस गरि रहेका छन् । यस्तो प्रवृतिबाट नेपालको सम्वुद्धिमा ठूलो चुनौतिहरु श्रृजना हुन्छ । नेपाली वौद्धिकहरुले समयमै ध्यान दिन जरुरी छ ।

नेपाल — चिन — भारत सार्वभौमिक्ता, राष्ट्र्यिगौरव र स्वाधिनताको हिसावले भिन्न र पृथक मुलुक हौ । तर पुरानो सम्वन्धको हिसावल नेपालको हिमाली सस्कृति, चाडपर्व, उद्योग व्यापारले चीनसंग रहेको गहिरो सम्वन्धलाई चीनले विकास गरेको  विज्ञान, प्रविधि, आधुनिक व्यापार प्रवद्र्धन नेपालको दु्रत आर्थिक सम्वृद्धिको लागी चीनसंग नेपालको झन झन गहिरो सम्वन्ध स्थापीत गर्नु पर्ने नेपालको आवश्यक्ता छ । त्यसै गरि भारतसंगको खुल्ला सिमा, सास्कृतिक, वैवाहीक, भाषिक (भोजपुरी, मिथिला, अवध), सम्वन्ध र समान चाडपर्वका कारणले नेपाली समाजको भारतसंग कायम रहेको सम्वन्धलाई थप सुदृड गर्नु वाहेक विकल्प छैन । चीन र भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तित समयको कारणले पहिलाकै जस्तो नहुन सक्छ । तर नेपालले ७० वर्ष देखि यहांको जहानिया राणा, पंचायती शासक र राजतन्त्रसंग निर्मम संघर्ष गर्दै नेपाली जनताले आफनौ पाखुराले गणतन्त्र स्थापना गरेको चीन भारत दुवैले प्रत्यक्षतः देखि रहेका छन् । नेपालको यो परिवर्तित सन्दर्भलाई दुवै छिमेकी मुलुकलाई नेपालको विशिष्ठता र यहांको अग्रगामी तथा उत्पीडीत जनताको चाहना र आवश्यताको आधारमा दुवै सम्वृद्ध मुलुकहरुलाई छिमेकीको भूमीका वारे वुझाउन सके मात्र नेपालको सम्वृद्धि र शुसासनको यात्रा यथासक्य गन्तव्यमा पुग्न सक्छ ।

केही हप्ता अघि चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ठ पार्टी ( ने.क.पा) को काठमाण्डौमा सयुक्त अन्तर सम्वाद कार्यक्रम सफल भएको विषयमा नेपाली काग्रेशका केही जिम्मेवार साथीहरुको टिप्पणी हेर्दा वहांहरुको टिप्पणीले मुलुलेनै शिर झुकाउनु पर्ने अवस्थाको थियो । ने.क.पा चिनियाँ कम्युनिष्ठ पार्टीको जनवर्गीय संगठन भयो भन्ने भनाईले नेपालको राष्ट्र्यि स्वाधिनता र सार्वभौमिक्तामा ठेस लागेको महसुस गरेको थिए । नेपाली काग्रेस वा नेपाल कम्युनिष्ट पार्टी कुनै अमुक मुलुकको जवस वा शाखा होईन । हामी आफनो स्वतन्त्रता र स्वाधिनताको लागी निरन्तर लडदै आएको छौ । नेपालको विशिष्ठतामा हामीहरुको आफनो ऐतिहासीक गाथा छ । जो चीन भारत दुवैसंग मिल्दैन । पार्टीगत स्वार्थ र सरकारको विरोधको नाममा नेपालको कुटनीतिक सम्वन्धमा आघात पुग्ने गरि वोल्न हुदैन । चीन भारत दुवै हाम्रा असल छिमेकी हुन । चीन जनक्रान्तीबाट स्थापीत कम्युनिष्ट पार्टी नेतृत्वको मुलुक हो । नेपाल कम्युनिष्ट वाहुल्यता भएको मुलुक हो । तर कम्युनिष्ट पार्टीको निरन्तर नेतृत्व भएको मुलुक होईन । २००६ सालबाट संघर्षमा होमिएको नेपाली कम्युनिष्ट आन्दोलनको २०७५ सालको वृहद धु्रविकरणबाट ने.क.पाको गठन भै जनताले नेपाल कम्युनिष्ट पार्टीलाई दुईतिहाईको सरकार गठन गर्ने अवसर दिएको मात्र हो । नेपाल कम्युनिष्ट वाहुल्यता भएको मुलुक भए पनि यहांको विविधता, पृष्ठभूमी, छिमेकीहरुसंगको सम्वन्ध तथा फरक राजनैतिक दृष्टिकोण भए पनि संघियता, गणतन्त्र, समावेसी समानुतिक निर्वाचन प्रणाली र धर्म निरपेक्षता एवं समाजवाद उन्मुख सम्वृद्धि प्रति संकल्प गरि संसदीय प्रणालीको माध्यामबाटै सवैखाले उत्पीडनलाई अन्त्य गरि नेपाली विशिष्ठताको समाजवाद स्थापना गर्ने लक्ष्यमा सहमत भै नयाँ संविधान जारी गरेको हौ । यो आधारभूत अवधारणाको विकास गर्न सकिन्छ,यस्को विपरित जाने कसैलाई छुट हुन सक्तैन । त्यसैले नेपालको शान्ती प्रकृया र नयाँ संविधान जारी गर्ने मुख्य राजनीतिक शक्ति मध्येका नेपाली कागे्रस नेपालको सम्वृद्धि र शुसानको अभियानबाट कतै उम्कीन पाउदैन । निहुं भिकदै गैरजिम्मेवार वन्न पनि पाउदैन । नेपाली काग्रेश नेपालको राजनीतिक वृतको मुख्य हिस्सा मध्येका अहिलेको ससक्त प्रतिपक्ष हो । आफना नेता कार्यकर्तालाई मुलुकको जिम्मेवारीको वोध गराउन सक्नु पर्छ । नेपालको सम्वृद्धिमा नेपाली कागे्रशको साथ सहयोग जरुरी छ । प्रतिपक्षीको सभ्य र सुसस्कत ृभूमीका अनिवार्य छ ।

नेपाली जनता र चीन विच विश्व राजनैतिक अवधारणाको सैदान्तीक छलफलमा केही सामीप्यता हुनु स्वभाविक छ । नेपाली कम्युनिष्ठ आन्दोलनको प्रारभ्भ भएको ७० वर्षको दौरानमा चिनियाँ कम्युनिष्ट पार्टी सत्ता सम्हालेको ७० वर्ष नै पुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता सम्हालेको यो अवधिमा चिनियाँ जनतको जिवनमा अदभुत विकास गर्न सफल भयो । भारत सन् १९४७ मा स्वतन्त्र भै अहिले भारतीय जनताको जिवनमा द्रुत गतिमा परिवर्तनका प्रयत्न भएकै कारणले नरेन्द्र मोदी दोश्रो पटक पनि प्रधानमन्त्री हुन सफल हुनु भयो । चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको चिनियाँ जनक्रान्तीको सफलता, कमरेड अध्यक्ष माओले चिनियाँ जनतालाई दिनु भएको अनुशासनको शिक्षा,पार्टीले चीन र चिनियाँ जनता प्रति लिएको जिम्मेवारी, जनविरोधिहरुसंग निरन्तर राजनैतिक र वैचारिक संघर्ष गर्नु पर्ने माओवादको शिक्षाले आज चिनियाँ पार्टी र जनता विचको अगाध सम्वन्ध विश्वकै एउटा उदाहरण वन्न पुगेको छ । यीनै धरातललाई टेकेर माओको निधन पछि देङ सेवापेङ ले लागु गर्नु भएको वाह्य खुल्ला अर्थ नीति त्यसको जगमा चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको आर्थिक सफलतालाई थप उचाईमा पुगेको विश्व जगतले देखेकै विषय हो । चिनियाँ कम्युनिष्ट पार्टीको १९ सौ महाधिवेशनले पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सि चिनफिङ विचारलाई पार्टीको झण्डामा अंकित गरेको छ । उक्त महाधिवेशनले सवैभन्दा ठूलो सैदान्तीक उपलब्धि सि चिनफिङको विचार नयाँ युगको चीनीय विषेशतायुक्त समाजवादी विचारधारा लेखीनु र यसलाई लामो अवधिको लागी पार्टीले अवलम्वन गर्नु पर्ने निर्देशक विचारधाराको रुपमा स्थापीत गर्नु हो । प्रत्यक विकासक्रमलाई टेकेर नयाँ विकासक्रमा पुग्ने सि.चिङफिड.को विचारले चिनियाँ विषेशतालाई मात्र हैन संसारकै उत्पीडीत, श्रमिक र निम्न मध्यम वर्गीय समाजको रुपान्तरणको लागी महत्वपूर्ण निर्देशक सिदान्तको रुपमा चीनले प्रस्तावित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपती सि चिङफिङले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको मनस्थिति कस्तो हुनु पर्छ भन्ने वारे १९ सौ महाधिवेशनको पारित प्रतिवेदनमा यसरी उदृत गरिएको छ, जुन हामी विश्वकै कम्युनिष्ट कार्यकर्ताहरुले पनि शिक्षाको रुपमा ग्रहण गर्न उचित हुन्छ । “ कुन वाटो हिड्ने ः हाम्रो पार्टीले सम्पूर्ण जनतालाई एकतावद्ध गरि नेतृत्व गर्दै सुधार तथा खुल्लापन नीतिको महानक्रान्ती सम्पन्न गरेको छ, देश र जातिको विकासमा अवरोध ल्याउने सम्पूर्ण विचार एवं व्यवस्थालाई हटाउदै चिनियाँ विषेशतायुक्त समाजवादको निर्माण गरि देश र जनतालाई युग सुहाउदो वनाएको छ ....दिशाले वाटो निर्णय गर्दछ, वाटोले भाग्यको निर्णय गर्दछ..यसै प्रकरणको अन्यमा कमरेड सि ले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ सुखमा संकटको विचार गर्ने, नविन रचना गन साहस गर्ने मनस्थिति तयार गर्नु पर्छ भन्दै,  पार्टीका सम्पूर्ण कमरेडहरुले अनिवार्य रुपमा दुरदर्शी वन्नु पर्छ, सुखको वेला पनि संकटको विचार गर्ने हुनु पर्दछ, परिवर्तन र नविन अभ्यासको साहस गर्ने कहिले पनि जडतामा परिवर्तित नहुने, कहिले पनि गतिहिन नहुने सम्पूर्ण देशका सवै जातिका जनतालाई एकावद्ध गरि उनीहरुको नेतृत्व गरि सम्पूर्ण रुपमा मध्यम वर्गीय आययुक्त समाजको निर्माण मेहनताका साथ नयाँ युगमा चिनियाँ विषेशतायुक्त समाजवादको महान विजय हासिल गर्नु पर्दछ ” भन्ने कमरेड सि को यो विचार चिनियाँ मुलुक र  जनताको लागी मात्र हैन संसारकै कम्युनिष्टहरुले पालन गर्नु पर्ने  उच्च विचार र आदर्श रहेको देखिन्छ ।

अन्तमा कमरेड सि चिङफिङ नेपाल भ्रमणको प्राथमिक्तालाई नेपाली मेहनकस र श्रमिक जनता पक्षधरहरुले खुसीका साथ स्वागत गर्नु पर्दछ । औपचारिक रुपमा नेपाल राज्यले समकक्षी छिमेकी राज्य प्रमुखलाई स्वागत गर्नु स्वभाविक हो । कमरेड सि.को विआरआई (वेल्ट एण्ड रोड ईनिसेटिभ ) को अवधारणाले विश्वलाई नै नयाँ युगमा प्रवेश गराउने जुन विचार प्रस्तावित गर्नु भएको छ, यो महत्वपुर्ण विचारलाई गहन अध्ययन गर्नु पर्दछ । नेपाल चीनको छिमेकीको हैसियतले चीन प्रतिको नीति र व्यवहारमा एक रुपता ल्याउन जरुरी छ । चीन तिर फर्कदा भारततिर आझेल पर्ने र भारततिर फर्कदा चिनतिर ओझेल पर्ने विगतका नीतिलाई अव नेपालले परित्याग गर्नु पर्दछ । मुलुकको सम्वृद्धि, राष्ट्रिय स्वाधिनता र सार्वभौमीकतालाई अक्षुण्ण राख्दै नीति र व्यवहार सन्तुलनमा राखेको खण्डमा चीन —भारत दुवैले नेपालको सम्वृद्धिमा सहयोग पु—याउन सक्छ । नेपालको राष्ट्रिय अखण्डता र वर्तमान संविधानले परिकल्पना गरेको संघिय लोकतान्त्रीक गणतन्त्रको संस्थागत विकास हुन सक्छ । यीनै विषयमा ध्यानमा राखी कमरेड सि.भन्नु भए झै नेपालले अव कुन वाटो हिड्ने ? यथासक्य नेपाली जनतालाई दुःखी र गरिब नेपालीबाट तत्काल मुक्त गरि यो मुलुकलाई चिन र भारत जस्तो शक्तिसाली मुलुकको छिमेकीको परिचय दिने हैयियत वनाउन छिमेकी मुलुकको भूमीका अपेक्षा गरौ । चिनियाँ कम्युनिष्ट पार्टीका श्रद्धेय महासचिव कमरेड एवं महामहिम चिनियाँ राष्ट्रपति सि चिङफिङ प्रति हार्दिक स्वागत तथा अभिवादन ।     

लेखक सत्तारुढ नेकपाका केन्दीय सदस्य हुनुहुन्छ ।
    
        
    

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...