
ADVERTISEMENT
जीप दुर्घटना हुँदा सात घाइते

file photo
हुम्ला – हुम्ला सदरमुकाम सिमकोटबाट खार्पुतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
लु२च २२६७ नं को जीप दुर्घटना हुँदा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा, दीपक टमटा, हौसेली रोकाया र शैलेश रोकाया घाइते भएका हुन् ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
जीपमा कति जना यात्रु सवार थिए भन्नेबारे जानकारी प्राप्त नभएको घर्तीमगरले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ