धर्मका नाममा राजनीति गर्ने दिन अब सकिए : मन्त्री राई
बाँके – शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले धर्मका नाममा राजनीति गर्ने दिन अब सकिएको बताएका छन् । नेपालगञ्जमा आयोजित रामलीलाको समापन समारोहमा उनले धर्मका नाममा एकापसमा जनता भिडाउने छुट कसैलाई नभएको स्पष्ट पारे ।
“जनता जागरुक भइसकेका छन्, धर्मका नाममा अब राजनीति हुँदैन, सबै मिलेर विकास गर्नुपर्छ”, मन्त्री राईले भने । संविधानले सबै धर्मलाई सम्मानका साथ समानताको अधिकार दिएको उनले बताए ।
नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो । रामलीलाको निरन्तरता र प्रभावकारिताका लागि सांसद विकास कोषकमबाट रामलीला व्यवस्थापन समितिलाई रु २५ लाख सहयोग गरेको उनले बताए ।
नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा रहेको रामलीला मञ्चन यसवर्ष सकिएको छ । रामलीलाको यो १५१औैँ संस्करण हो ।
सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।
भारतको वृन्दावनका कलाकार राधारमण शर्मा नेतृत्वको १५ सदस्यीय टोलीले यस वर्षको रामलीला मञ्चन गरेको हो । धनुषयज्ञ, रावणबध, भरतमिलाप र रामको शुभराज्याभिषेकसहित रामलीला महोत्सव सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी