बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

शुक्रबार, २४ असोज २०७६, ०१ : ००
शुक्रबार, २४ असोज २०७६

राजविराज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।  

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६८प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनमा बा६८प ६८८७ नंको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज६प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका–६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । 

सो दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक  अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।  

त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका– ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन् । 

उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका  लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

यता दुवै मोटरसाइकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप