शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्णबहादुर महरा अस्पताल भर्ना

बिहीबार, २३ असोज २०७६, १३ : ३७
बिहीबार, २३ असोज २०७६

काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । 

प्रेसरमा समस्या देखिएपछि महरालाई अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरे ।  

अस्पताल स्रोतका अनुसार उच्च रक्तचापको समस्या देखिएपछि उनलाई यतिबेला कार्डियाक टोलीले उपचार गरिरहेको छ । भोलि रिपोर्ट आएपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे थप विवरण थाहा हुने अस्पतालको भनाइ छ ।

संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप