शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रसंघले अर्को महिना आफ्ना कर्मचारीलाई तलब दिन नसक्ने जोखिम छ : गुटेरस

बिहीबार, २३ असोज २०७६, १३ : १६
बिहीबार, २३ असोज २०७६

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले मंगलबार महासभाको बजेट समितिमा बोल्दै संगठनसँग ‘नोभेम्बर महिनामा आफ्ना कर्मचारीलाई तिर्ने पैसा पनि नहुने’ जोखिम आइरहेको बताएका छन् ।

गुटेरसले यो खतरा टार्नको लागि संगठनका सदस्य राष्ट्रले आफूले तिर्नुपर्ने शुल्क तिर्नुपर्ने बताएका छन् ।

यही अक्टोबरमै संयुक्त राष्ट्र संघ दशकौँ यताको सबैभन्दा खराब बजेट घाटा सामना गर्दैछ । गुटेरसले बजेट समितिका १९३ सदस्यलाई यस जोखिमबारे जानकारी गराए ।

यस्तो अवस्थामा आएमा संगठनको ‘काम र सुधार जोखिममा पर्ने’ गुटेरसले चेतावनी दिए ।

महासचिवले यो वर्ष बजेटरी खाडल पुर्नको लागि पैसा बचाउने र खर्च घटाउने उलेखनीय कदम चालेका थिए ।

उनले यी कदमबीना संयुक्त राष्ट्र संघले प्रत्यक वर्ष सेप्टेम्बरमा न्युयोर्कको मुख्यालयमा सम्पन्न गर्ने विश्व नेताहरुको भेलासमेत गराउन नसक्ने अवस्था रहेको बताए ।

पछिल्लो आर्थिक अभावले गर्दा कयैन पदहरु पदपुर्ति गरिएका छैनन् भने अत्यावश्यक भ्रमणहरु मात्र स्वीकृति दिइएको छ । 

कसले कति तिर्न बाँकी छ ?

संयुक्त राष्ट्र संघका प्रवक्तका अनुसार १९३ सदस्य राष्ट्रमध्य १२९ राष्ट्रले आफूले तिर्नुपर्ने शुल्क बुझाइसकेका छन् । यसबाट कुल २ अर्ब अमेरिकी डलर उठेको छ ।

सन् २०१९ को लागि संयुक्त राष्ट्र संघले आफूलाई ३.३ अर्ब अमेरिकी आवश्यक पर्ने बताएको छ ।

संयुक्त राष्ट्र संघको नियमित बजेटले राजनीतिक, मानवीय सहयोग, निशस्त्रीकरण, आर्थिक र संचार परियोजनाको रकम तिर्नेगर्छ ।

संयुक्त राष्ट्र संघको शान्तीसेनाको बजेट भने अलग हुने गर्छ ।

शुल्क तिर्न बाँकी रहेका राष्ट्रमा उल्लेखनीय राष्ट्र अमेरिका पनि छ । अमेरिकाको भागमा संयुक्त राष्ट्र संघको वार्षिक बजेटको २२ प्रतिशत पर्छ ।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी मिसनले आफूले संगठनलाई यो वर्षको ६७.४ करोड डलर शुल्क नतिरेको स्वीकार्यो । त्यस्तै उसका अनुसार अघिल्लो वर्षको ३८.१ करोड डलर रकम पनि तिरिएको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतदेखिनै अमेरिकाले संयुक्त राष्ट्र संघको ठूलो आर्थिक भार उठाइरहेको र त्यो कम हुनुपर्ने बताउँदै आएका छन् ।

गुटेरसले सदस्य राष्ट्रले आफ्नो शुल्क नबुझाउने हो भने आफ्ना कर्मचारीले तलब नपाउनेदेखि वैठकहरु रद्द गर्नुपर्ने अवस्था आउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप