सडक मर्मत नगरेको भन्दै मेक्सिकोमा एक मेयरलाई ट्रकमा बाँधेर घिसारियो
एजेन्सी । मेक्सिकोको दक्षिणी भागका एक मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेको घटनामा ११ जनालाई गिरफ्तार गरिएको छ ।
मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म तानेपछि स्थानीय प्रहरीहरुले जोगाएका थिए । समाचारहरुका अनुसार मेयरलाई ठूलो चोट भने लागेको छैन ।
प्रारम्भिक रिपोर्टमा मेयरमाथि किसानले आक्रमण गरेको बताइएको छ । किसानहरुले नै यस अघि पनि एस्कन्डोनमाथि आक्रमण थिए ।
चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मतको नगरेकोले यस्तो कदम चालिएको किसानहरुले बताएका छन् ।
अहिले चिएपास राज्यस्थित उक्त गाँउमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
एस्कन्डोनले पक्राउ परेकाहरुमाथि ज्यान मार्ने प्रयास वा अपहरण गर्ने प्रयासमा मुद्दा दायर गरेका छन् ।
मेयर कार्यालयबाहिर रहेका एक प्रत्यक्षदर्शीले खिचेको भिडियोमा पुरुषहरुको एक समूह मेयरलाई जबरजस्ती कार्यालयबाहिर निकालिरहेको र त्यसपछि बाहनमा बाँधेको देखिन्छ ।
एक सीसीटीभी फुटेजमा ट्रकको पछाडि हातमा डोरी बाँधेर उनलाई स्यान्टा रीटाको सडकमा तानिदैं गरेको देखिन्छ ।
दजनौँ प्रहरीले केही समयको प्रयासपछि मेयरलाई घिसार्दै अघि बढेको वाहनलाई रोक्न सफल भएका थिए । प्रहरी र मेयरलाई घिसार्दै अघि बढेका पुरुषबीच भएको झडप पनि भएको थियो । त्यसक्रममा कयैन घाइते भएको खबर छ ।
यस अघि पनि चार महिना पहिले, एक घटनामा एक समूहले कार्यालयमा नभएको समयमा तोडफोड गरेका थिए । त्यो समय मेयर कार्यालयमा थिएनन् ।
एस्कन्डोन आफै पनि चुनावको समय प्रहरीको गिरफ्तारीमा परेका थिए ।
लास मार्गरिटासमा मेयर चुनावको दौरान प्रतिद्वन्दी उम्मेद्वारका समर्थकहरुसँग भएको एक विवादमा जोडेर उनलाई पक्राउ गरिएको थियो ।
तथापि, प्रमाणको अभावमा उनलाई मुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण