दसैँ मनाउन घर आएका प्रहरी जवानमाथि कुटपिट

ओखलढुंगा–ओखलढुंगामा दसैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुनेगरी कुपपिट भएको छ । ताप्लेजुङ जिल्लामा कार्यरत प्रहरी जवान बिनोद परियार र उनका भाइ निरकुमार परियारमाथि कुटपिट भएको हो ।
प्रहरीले कुटपिटमा संलग्न बिबेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो ।
असोज १९ गते महाअस्टमीको दिन झापाबाट ओखलढुंगा आएका परियारका दाजुभाइलाई चिशंखुगढी गाउँपालिका पोखरेसम्म जाने क्रममा सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि गाडीबाट झारेर कुटपिट गरेका थिए ।
कुपटिपबाट परियार दाजुभाइको आँखा ,टाउको लागायतका शरिरका बिभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरुको ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।
झापाबाट आएर मिलनचौकमा ओर्लिएपछि पोखरेको गाडी चढ्ने क्रममा युवाहरुको समुहले बिनोदका श्रीमतीलाई जिस्काएपछि उनीहरुबीच बिबाद सुरु भएको थियो । त्यसपछि केही समयको बिबादपछि उनिहरु मिलेर स १ ज ५५२ नम्बरको गाडीमा सँगै पोखरेतर्फ लागेका थिए । तर सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि केटाहरुले गाडी रोकेर प्रहरी जवान बिनोद र उनका भाई निरकुमारलाई बाहिर निकाली मरनासन्न हुनेगरी कुटपिट गरेर झन्डै २० मिटर तल झडीमा फ्यालिदिएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।
बिनोदका श्रीमतीले आफ्ना श्रीमान र देवरमाथि कुटपिट भएको भन्दै प्रहरीमा खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारमा लगेको प्रमुख मल्लको भनाई छ ।
कुपपिटमा १० देखी १२ जना युवाहरुको संलग्नता रहेको भएपनि ६ जना पक्राउ परेको र अन्यको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?