बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ मनाउन घर आएका प्रहरी जवानमाथि कुटपिट

बिहीबार, २३ असोज २०७६, १२ : ३३
बिहीबार, २३ असोज २०७६

ओखलढुंगा–ओखलढुंगामा दसैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुनेगरी कुपपिट भएको छ ।  ताप्लेजुङ जिल्लामा कार्यरत प्रहरी जवान बिनोद परियार र उनका भाइ निरकुमार परियारमाथि कुटपिट भएको हो । 
प्रहरीले कुटपिटमा संलग्न बिबेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो । 

असोज १९ गते महाअस्टमीको दिन झापाबाट ओखलढुंगा आएका परियारका दाजुभाइलाई चिशंखुगढी गाउँपालिका पोखरेसम्म जाने क्रममा सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि गाडीबाट झारेर कुटपिट गरेका थिए । 

कुपटिपबाट परियार दाजुभाइको आँखा ,टाउको लागायतका शरिरका बिभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरुको ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।

झापाबाट आएर मिलनचौकमा ओर्लिएपछि पोखरेको गाडी चढ्ने क्रममा युवाहरुको समुहले बिनोदका श्रीमतीलाई जिस्काएपछि उनीहरुबीच बिबाद सुरु भएको थियो । त्यसपछि केही समयको बिबादपछि उनिहरु मिलेर स  १ ज ५५२ नम्बरको गाडीमा सँगै पोखरेतर्फ लागेका थिए । तर सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि केटाहरुले गाडी रोकेर प्रहरी जवान बिनोद र उनका भाई निरकुमारलाई बाहिर निकाली मरनासन्न हुनेगरी कुटपिट गरेर झन्डै २० मिटर तल झडीमा फ्यालिदिएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।

बिनोदका श्रीमतीले आफ्ना श्रीमान र देवरमाथि कुटपिट भएको भन्दै प्रहरीमा खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारमा लगेको प्रमुख मल्लको भनाई छ । 
कुपपिटमा १० देखी १२ जना युवाहरुको संलग्नता रहेको भएपनि ६ जना पक्राउ परेको र अन्यको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप