नेपाल र ओमन खेल्दै
काठमाडौँ–ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमनको सामना गर्दैछ । खेल दिउँसो सवाँ ३ बजे शुरु हुनेछ ।
यसअघि तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार व्योहोरेको छ । नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डलाई पनि समान चार विकेटले नै पराजित गरेको थियो । त्यस्तै नेपाल आयरल्याण्डसँग १३ रनको झिनो अन्तरले पराजित भएको थियो ।
तालिकाको शीर्ष स्थानमा रहेको आयोजक ओमान भने नेपालमाथि जीत हात पार्दै सिरिज उपाधि कब्जा गर्न दाउमा छ । यसअघि तीन खेल खेलेको ओमनले तीनै खेलमा जीत हासिल गरेको छ । ओमनले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।
प्रतियोगितामा छ अङ्क जोडेको ओमन अङ्क तालिकाको शीर्ष स्थानमा छ भने चार अङ्क जोडेको नेपाल तेस्रो स्थानमा छ । त्यस्तै चार खेलमा तीन खेल जितेर छ अङ्क नै बटुुलेको आयरल्याण्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ भने तीन खेलमा तीनवटै खेल हारेको नेदरल्याण्ड्स चौथो तथा हङकङ पाँचौँ स्थानमा छ । नेदरल्याण्ड् र हङकङ अङ्कविहीन छन् । उक्त सिरिजअन्तर्गतको आजै हुने अर्को खेलमा हङकङ र नेदरल्याण्ड्स भिड्दैछन् । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण