घरमा लडेर मृत्यु
सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । केही समयदेखि चौधरी मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैबीच सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट गएराति सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय श्यामदेव यादव, कन्तलाल मेहता, सदानन्द मेहता, रामकुमार साह, नन्दकिसोर मेहता, बालेश्वर यादव, र फ्रान्ससिसी उराँव रहेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।
पक्राउ परेकाबाट रु ७४ हजार ७६० बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले बताए । देवानगञ्ज गाउँपालिका–१ मा विजयादशमीको अवसरमा लागेको मेलामा जुवा खेल भइरहेको भने गोप्य सूचनाको अधारमा छापा मार्दा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरी उपरीक्षक पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
-
नेपाली सेनाद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण
-
फरार दुई प्रतिवादी पक्राउ
-
पहिलो हाफ सकिँदा घानाविरुद्ध कोलम्बियाको १–० को अग्रता
-
बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन
-
कलाकर्मीका नजरमा बालेन सरकारको १०० दिन : कला क्षेत्रमा आशा गर्ने ठाउँ देखिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण