शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सी आउने भएपछि प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

बिहीबार, २३ असोज २०७६, ११ : ५५
बिहीबार, २३ असोज २०७६

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप