बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

तन्त्रमन्त्रबाट छोरा जन्मिने प्रलोभन देखाएर ठगी

बिहीबार, २३ असोज २०७६, ११ : ३८
बिहीबार, २३ असोज २०७६

रौतहट– मन्त्र तन्त्रबाट छोरा जन्मिने प्रलोभनमा एक महिलाले ठगी गरेको पाइएको छ । गढीमाई नगरपालिकास्थित नट टोलकी ४५ बर्षिया जैतुन खातुनले दुईछोरी मात्र रहेका कटहरिया ५ का रामबाबु महरा चमारलाई छोरा जन्मिने भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको हो । जडीबुटीको उपचार र पाँच प्रकारको बली दिएर मन्त्रतन्त्रबाट छोरा हुने प्रलोभनमा देखाउँदै उनले ठगी गरेको प्रहरीले जनाएको छ । 
उनले ठगी गरेको पाइएपछि स्थानीय पत्रकार  संजय मिश्राको पहल र जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको निर्देशनमा रकम फिर्ता गराइएको छ । 

खातुनले महराको श्रीमती समेत र एक महिला समेतलाई  प्रभावमा पारेर पटक पटक गरी सो रकम ठगी गरेकी थिइन् । 

उनलाई इलाका प्रहरी कार्यालय गरुडाबाट सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेसँगै आफ्नो गल्ती स्वीकार गरेकी थिइन् । त्यसपछि उनले रकम फिर्ता गरेको कटहरिया नगरपालिकाका ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप