पर्किङ्गमा राखिएका आधा दर्जनभन्दा बढी मोटरसाइकलमा अज्ञात समुहद्वारा आगजनी
जनकपुर । धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ्ग गरि राखिएको आधा दर्जनभन्दा बढी मोटरसाईकल र ३ वटा साइकलमा आगजनी भएको छ ।
धनुषाको पुर्वी क्षेत्रमा पर्ने जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ स्थित प्रखे महुवामा पार्किङ गरि राखिएको एक वडाअध्यक्षको मोटरसाइकलसहित ९ वटा मोटरसाइकल र ३ वटा साईकलमा अज्ञात समुहले गरेको आगलगी हुँदा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले आज विहान अन्दाजी ३ः३० बजेको समयमा पार्किङ गरि राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।
सो आगलागीमा जनकन्दिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षको सरकारी गाडीमा समेत क्षति पुगेको छ । सो घटनामा ५ ओटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको प्रहरी निरीक्षक थापाले बताए ।
सार्वजनिक स्थलमा पार्किङ्ग गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकलहरु जलेर नष्ट भएको छ भने बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत जलेर नष्ट भएको छ ।
घटनामा ३ वटा साइकल समेत जलेर नष्ट भएको छ ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान भई रहेको जनाएको छ ।
फोटो : पुरन साह
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई