केन्द्रीय संस्करण

एउटा घोडा किन्न दुबईका शासकले खर्च गरे ४५ करोड रुपैयाँ

person explore access_timeअसोज २३, २०७६ chat_bubble_outline0

एजेन्सी । विश्वकै उत्कृष्ट ‘रेसहर्स’ (दौडमा प्रयोग हुने घोडा) किन्न सस्तो छैन तर यो वर्ष कै महँगो घोडाका लागि ४३ लाख ५६ हजार डलर खर्च गरिँदा यस उद्योगमा आबद्ध मानिसहरु नै दङ्ग परेका छन् ।

घोडाहरुको दौडमा आगामी सुपरस्टार मानिएको उक्त युवा घोडाका लागि निकै ठूलो प्रतिस्पर्धा भएको थियो । तर, दुबईका शासक शेख मोहमद बिन रसिद अल मक्तुम बेलायतको टाटरसाल्स अक्टोबर यार्लिङ सेलमा पुगेर उक्त घोडा खरिद गर्न सफल भएका छन् ।

ग्रुप वान विजेता बार्नी रोयको भाइ रहेको उक्त घोडामाथि अब सबैको ठूलो अपेक्षा रहनेछ ।

‘यो निकै उत्कृष्ट घोडा हो र निकै तीव्र गतिमा दौडिन सक्छ,’ शेखका प्रतिनिधिले भने, ‘यसलाई शेख मोहमदले चुनेका छन् । आज उनको लागि यो सबैभन्दा प्रिय थियो । हामीले सोचभन्दा बढी नै खर्च गर्नुपरे पनि यस्ता घोडा किन्न कहिलेकाहिँ यतिसम्म पनि गर्नैपर्छ ।’

प्रतिस्पर्धी कुलमोरले पनि यो घोडाका लागि ठूलो धनराशी खर्चन तयार देखिएपछि शेखले यति धेरै रकम खर्च गर्नुपरेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.