मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सात दिनमै २ सय करोड भारु कमायो ‘वार’ ले

बिहीबार, २३ असोज २०७६, ०८ : ४५
बिहीबार, २३ असोज २०७६

एजेन्सी । गत २ अक्टोबरमा रिलिज भएको बलिउड चलचित्र ‘वार’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । भारतमा चलचित्रले ७ दिनमा नै यो आँकडा पार गरेको हो ।

मङ्गलबार दसैँको छुट्टीको फाइदा यो चलचित्रलाई भयो । यसको हिन्दी संस्करणले सोमबारको तुलनामा ७ करोड बढी कमाइ गर्दै २७.७५ करोड भारु कमायो ।

सात दिनमा चलचित्रले कूल २१६.६५ करोड भारु आम्दानी गरेको छ । यसमा हिन्दी संस्करणको २०८.०५ र तमिल÷तेलुगु भर्सनको ८.६ करोड भारु शामिल छ ।

ऋतिक रोशन र टाइगर श्रौफ अभिनित चलचित्र ‘वार’ ले अक्षय कुमारको ‘मिसन मंगल’ र सलमान खानको ‘भारत’ लाई पछि छाडेको छ । यो चलचित्र यो वर्ष सात दिनभित्र सबैभन्दा बढी कमाई गर्ने तेस्रो हिन्दी चलचित्र पनि बनेको छ । यस सूचीमा शाहिद कपुरको ‘कबीर सिंह’ र विक्की कौशलको ‘उरी ः द सर्जिकल स्ट्राइक’ क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छ ।

चलचित्रले १ दिनमा नै ५० करोडभन्दा बढी कमाइ गरेको थियो भने ३ दिनमा नै १ सय करोडको आँकडा भेट्टाएको थियो ।

‘वार’ सात दिनमा नै घरेलु बक्स अफिसमा २ सय करोड क्लबमा सामेल हुने चौथो चलचित्र पनि बनेको छ । यसअघि सञ्जु, टाइगर जिन्दा हे र सुल्तानले यो कमाल देखाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप