केन्द्रीय संस्करण
गोलार्द्ध

तेल कसरी यति महत्त्वपूर्ण बन्यो ?

person explore access_timeअसोज २३, २०७६ chat_bubble_outline0

टिम हरफोर्ड/बीबीसी

सन् १८५९ को अगस्त २७ को मितिमा अमेरिकी व्यापारी एडविन ड्रेकलाई एउटा ऐतिहासिक सन्देश पठाइएको थियो । ड्रेकलाई अन्तिम ऋणदाताले धैर्यता गुमाएर उक्त सन्देश लेखेका थिए । सन्देशमा लेखिएको थियो, ‘आफ्नो ऋण चुकाउनुस् र हार मानेर घर फर्कनुस् ।’

ड्रेक ‘रक ओयल(चट्टानी तेल)’ भनिने खैरो रङ्गको अप्रसोधित ‘कच्चा’ तेल खोजिरहेका थिए । पेन्सिल्भेनियाको पश्चिमी क्षेत्रको भूमीमा ‘रक ओयल’ रसाइरहेको थियो । ड्रेकले त्यही क्षेत्रबाट ‘रक ओयल(चट्टानी तेल)’ उत्खनन् गर्ने र त्यसलाई मट्टीतेलमा प्रशोधन गर्ने योजना बनाएका थिए ।

मट्टीतेल लालटिनको इन्धनका रुपमा प्रयोग गर्न सकिने उनको विश्वास थियो ।

ती दिन विजुली उत्पादन भइसकेको थिएन । त्यसैले रातमा उज्यालोको लागि लालटिन निर्विकल्प थियो । पेट्रोलियम पदार्थ पत्ता लाग्नुअघि लालटिन बाल्नको लागि ह्वेलको बोसोबाट बन्ने तेलको प्रयोग हुन्थ्यो । अत्यधिक मागको कारण ह्वेलको बोसो महँगिदै गइरहेको थियो ।

सन्देशमाथि उल्लेखित मितिमा पठाइएको भए पनि ड्रेककहाँ पुगिसकेको भने थिएन । त्यही बीचमा ड्रेकले कच्चा तेलले भरिएको भूमिगत भण्डार ड्रिल गर्न पुगे । कच्चा तेलको भण्डार जमिनभन्दा ६९(२१ मिटर) तल बाट तेल सतहमा आउन थाल्यो ।

यो आविष्कारले एकातर्फ धेरै ह्वेल माछाको ज्यान बच्यो भने संसार पनि बद्लिन सुरु भयो ।

तेलको खोजको एक वर्षपछि

ड्रेकले जुन स्थानमा तेल भेटेका थिए, त्यसको केही किलोमिटर दक्षिणमा एक वर्षको परिवर्तनले आगामी दिनको चित्र प्रस्तुत गथ्र्यो । न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार सन् १८६४ मा पिटहोल सिटीमा तेल पत्ता लाग्दा त्यस ठाँउको आधा दर्जन माइल टाढासम्म पनि ५० बासिन्दा पनि भेटिदैनथे । 

तर तेलको खोज भएको एक वर्षभित्र पिटहोल सहरमा दस हजार मानिसको बसोबास शुरु भइसकेको थियो । त्यसका अतिरिक्त त्यस क्षेत्रमा ५० होटल, देशको व्यस्तमध्येका हुलाकघरहरु, दुई टेलिग्राम सेन्टर र दर्जनौँ वैश्यालय खुलिसकेका थिए ।

विश्वको उर्जा आवश्यकताको एक तिहाई स्रोत

बदलिएको अवस्थामा केही मानिसले ठूलो धन आर्जन गरे । तर वास्तविक अर्थतन्त्र जटिल र स्व–निर्भर हुन्छ । अर्थतन्त्रको जटिलताको कारण पिटहोलको चमकधमक अर्को एक वर्षमा फिका भयो । पिटहोलको वृद्धि लामो समय टिकेन तर विश्वको तेलको तिर्खा भने बढेको बढ्यै छ । खासमा आधुनिक अर्थतन्त्र तेलमा डुबेको छ ।

अहिलेको अवस्थामा यसले विश्वको उर्जा आवश्यकताको एक तिहाई माग पुरा गर्छ । यो कोइलाभन्दा बढी हो र परमाणु, जलविद्युत र गैर–परम्परागत उर्जा स्रोतको कुल क्षमताभन्दा दुई गुण बढी छ ।

तेल र ग्यासले उर्जाको हाम्रो आवश्यकताको एक चौथाई माग पुरा गर्छ । यति मात्र होइन प्लाष्टिक निर्माणको कच्चा सामाग्री पनि हो पेट्रोलियम पदार्थ । अझ यातायात त तेल बिना चल्नै सक्दैन ।

त्यतिबेला एड्वीन ड्रेकलाई पेट्रोलियम तेल कसले किन्ला भन्ने लागेको थियो होला तर इन्टरनल कम्बसन इञ्जिनले यसको जवाफ दियो ।

आजकल प्रयोगमा रहेका अधिकांश यातायात वाहनलाई चलाउने इन्टरनल कम्बसन इञ्जिन पेट्रोलियम पदार्थबाट चल्छ । अर्थात कार, ट्रक, मालवाहक जहाजदेखि जेट–विमानसम्म हाम्रो संसार चलाउने तेलले नै हो ।

यस्तोमा विश्वको सबैभन्दा महत्त्वपूर्ण मूल्य तेलको मूल्य नै हो । यसको उदारण सन् १९७३ को एक प्रकरणले पनि देखाउँछ ।

त्यो वर्ष जब केही अरब राष्ट्रले कयैन समृद्ध देशहरुलाई तेलको बिक्रीमा रोक लगाउने घोषणा ग-यो । त्यसको ६ महिनाभित्र तेलको मूल्य ३ डलर प्रति ब्यारलबाट १२ डलर बढेको थियो ।

यो घटनाले विश्वव्यापी आर्थिक सुस्तता निम्त्याएको थियो । सन् १९७८, सन् १९९० र सन् २००१ मा अमेरिकामा आर्थिक मन्दीपछाडि पनि तेलको मूल्यनै जिम्मेवार थियो । 

केही अर्थशास्त्री त सन् २००८ को विश्वव्यापी मन्दीमा तेलको मूल्यमा भएको ‘रेकर्ड ब्रेकिङ’ वृद्धिको महत्त्वपूर्ण भूमिका रहेको मान्छन् । विगतमा बैङ्किक संकटले आर्थिक मन्दी ल्याउन गथ्र्यो ।

जब तेलको मूल्य बढ्छ, त्यसले अर्थतन्त्र असर गर्छ ।

यस्तोमा प्रश्न उठ्छ, हामी यति हदसम्म पेट्रोलियम पदार्थमा किन निर्भर भयौँ ?

तेलको इतिहाससम्बन्धी डेनियल येरगिनको प्रामाणिक किताब ‘द प्राइज’ विस्टन चर्चिलको एक द्विविधाबाट सुरु हुन्छ । त्यस पुस्तकमा यसका केही जवाफ पाइन्छ ।

काइलाभन्दा तेल राम्रो इन्धन

सन् १९११ मा चर्चिललाई बेलायतको नौसेनाको प्रमुख नियुक्त गरिएको थियो । चर्चिलले कार्यकालको सुरुमै ब्रिटिस साम्राज्यले विस्तारवादी जर्मनीको सामाना कस्तो युद्धपोतबाट गर्नुपर्छ भन्ने निर्णय गर्नुपर्ने भयो ।

यसका लागि नजिकको वेल्शमा खनिएको र सुरक्षित कोइलाबाट चल्ने युद्धपोत कि टाढा इरानमा उत्खनन गरिएको तेलबाट चल्ने नयाँ युद्धपोत प्रयोग गर्ने भन्ने निर्णय लिनुपर्ने भयो ।  

त्यो समयमा असुरक्षित हुदाँ हुदै पनि चर्चिलले तेलबाट चल्ने युद्धपोत रोजे । किन त ? किनभने तेलबाट चल्ने युद्धपोतलाई छिट्टै तिव्र गतिमा लान सकिन्थ्यो । कोइलामा भन्दा यसमा थोरै मानिसको आवश्यकता पथ्र्यो । यसमा हतियार र गोलाबारुद्ध राख्न पनि धेरै क्षमता हुन्थ्यो । सरल भाषामा भन्दा तेल कोइलाभन्दा राम्रो इन्धन थियो ।

सन् १९१२ अप्रिलमा चर्चिलको तेल छनौटमा र अहिले तेलमाथिको हाम्रो निर्भरतामा उही तर्कले काम गरेको छ ।

चर्चिलको निर्णयपछि ब्रिटिस ट्रेजरीले बीपी(बिट्रिस पेट्रोलियम)का पूर्ववर्ती कम्पनी एङ्ग्लो–पर्सियन ओयल कम्पनीमा बहुमत सेयर किन्यो ।

सन् १९५१ मा इरान सरकारले तेल कम्पनीलाई राष्ट्रियकरण ग¥यो । अङ्ग्रेजले विरोध गर्दै ‘त्यो आफ्नो देशको कम्पनी’ भएको बतायो । जवाफमा इरानीले ‘त्यो आफ्नो कम्पनी’ बतायो । आगामी दशकमा यही तर्क विश्वभरी सुनिन थाल्यो ।

तेलको क्षेत्रमा केही देशहरुले निक्कै राम्रो गरे । तेलकै कारण साउदी अरब विश्वको सबैभन्दा समृद्धमध्ये एक देश भएको छ । साउदी तेल कम्पनी साउदी अरामको त मूल्यको हिसाबमा एप्पल, गूगल या अमेजनभन्दा अगाडि छ ।

तर साउदी अरबलाई जापान वा जर्मनीको जस्तो समष्टिगत र परिष्कृत अर्थतन्त्र मानिदैन । केही त यो ठूलो स्तरको पिटहोल सिटीजस्तो हुने हो कि आशंका गर्छन् ।

अन्य स्थानको कुरा गर्दा इराकदेखि ईरान र भेनेजुयलादेखि नाइजेरियासम्मका तेलले समृद्ध राष्ट्रहरुमा थोरै मात्र तेल भेटेपछि सम्पन्न भएको उदाहरणहरु छन् । अर्थशास्त्रीहरुले यसलाई ‘तेलको अभिसाप’ मान्छन् ।

सन् १९६० को दशकको सुरुवातमा भेनेजुयलाको पेट्रोलियम मन्त्री हुआँ पाब्लो पेरेज अल्फोन्जोले यसलाई खराब शब्दमा व्यक्ति गरेका छन् । उनले सन् १९७५ मा आफ्नो देशको पेट्रोलियम खानीबारे भनेका थिए, ‘पेट्रोलियम शैतानको मलमुत्र हो । हामीहरु शैतानको मलमूत्रमा डुबिरहेका छौँ ।’

तेल प्रशस्त हुँदा के समस्या हुन्छ र ?

तेलको निर्यातबाट देशको मुद्राको मूल्य बढ्छ । त्यसले तेलबाहेक अन्य चीज उत्पादन गर्न महङ्गो पर्छ । यसको मतलब निर्माण क्षेत्र वा जटिल सेवा उद्योग विकास गर्न कठिन हुन सक्छ ।

इतिहासमा कयैन राजनीतिज्ञले तिनको देशको तेललाई आफू र आफू नजिकका मानिसका लागि एकाधिकार गर्ने कोशिस गरेको छन् । पैसा प्रशस्त भए पनि यस्तो अर्थतन्त्र नाजुक हुन्छ ।

जलवायु परिवर्तनले गर्दा त तेललाई विस्तापित गर्नै पर्ने आवश्यकता विश्वसामु आइपरेको छ । तर तेलले अहिलेसम्म आफूलाई विस्तापित हुन दिएको छैन ।

आजको दिनसम्म ब्याट्रीको प्रयोग गर्ने वाहनले आफ्नो उर्जाको स्रोत आफैले बोकेर हिँड्नुपर्छ । र एक किलो पेट्रोलियम उर्जाले ६० किलोग्राम ब्याट्रीको काम गर्छ । र प्रयोग पछि पेट्रोलियम हावामा मिसिएर गाडिलाई हल्का बनाउँछ तर ब्याट्री भने खालि होस् वा भरी गाडीलाई उत्तिनै भार बनिरहेको हुन्छ ।

विद्युतीय कार त विस्तारै मानिसहरुमा लोकप्रिय हुँदै गएको छ तर विद्युतीय जेटविमानमा थप चुनौतीपूर्ण हुन्छ ।

फ्राकिङ क्रान्ति र तेलको मूल्यमा ह्रास

एक समय थियो जब तेलको मूल्य नियन्त्रणबाट बाहिर जान लागेको जस्तो लागेको थियो । ‘पिक ओयल’ भनिएको उक्त अवधिले गर्दा स्वच्छ र नवीकरणीय अर्थव्यवस्थातर्फ अघि बढ्न व्यग्रता बढेको थियो । अहिले तेलको मूल्य कमी आएसँगै त्यो आवश्यकता कम भएको देखिन्छ ।

फेरि अहिले तेलको उपभोगभन्दा बढी मात्रामा तिनको खोज भइरहेको छ । यसमा हाइड्रोलिक फ््रयाक्चरिङ वा ‘फ्राकिङ’को तीव्र विकासको ठूलो भूमिका छ । यो विवादास्पद प्रक्रियामा तेल र ग्यास निकाल्नको लागि पानी, बालुवा र रसायनलाई उच्च दबावका साथ जमिनमुनि पम्प गरिन्छ ।

यसले भूमिगत पानीको स्रोतलाई प्रदुषण गर्ने आशंकामा विरोध भइरहेको भए पनि अमेरिकामा यसको तिव्रताका साथ विस्तार भइरहेको छ ।

फ्राकिङ परम्परागत तेलको उत्खननजस्तो भन्दा पनि एक हिसाबले तेल निर्माण जस्तै हो । फ्राकिङलाई मूल्य हेरेर निर्माण गर्ने वा रोक्न गरिरहेको छ । यसले गर्दा केही समयदेखि बजारमा तेलको मूल्य धेरै माथि जान सकेको छैन ।

धेरै आलोचकले यसको सम्भावित दीर्घकालिन पर्यावरणीय परिणामलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन् ।

अहिले फ्राकिङ प्रक्रियाबाट अमेरिकामा प्रमुख फ्राकिङ क्षेत्र पर्मियन बेसिनबाट मात्रै पेट्रोलियम निर्यातकहरुको संगठन ओपेकका १४ देशले भन्दा बढी तेल उत्पादन भइरहेको छ ।

यस्तो लाग्छ हामीहरु अहिले पनि ‘शैतानको मलमूत्र’मा डुबिरहेका छौँ र केही समयसम्म यो जारी रहिरहनेछ । 

लेखक फाइनान्सियल टाइम्समा अण्डरकभर आर्थिक स्तम्भ लेख्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...