शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयरल्याण्डसँग नेपाल १३ रनले पराजित

बुधबार, २२ असोज २०७६, १४ : ४८
बुधबार, २२ असोज २०७६

काठमाडौं – ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० शृङ्खलाअन्तरगत तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग  १३ रनले पराजित भएको छ ।

आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १३२ रन मात्र जोड्न सक्यो । सुरुवाती ब्याट्सम्यानले सन्तुलित ब्याटिङ प्रर्दशन गरे पनि मध्य र तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंकको स्कोर समेत छुन नसके सकेनन् । 

ओपनरद्वय पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए । आरिफ शेखले २६ रन र दिपेन्द्रसिंह ऐरीले १९ रन जोडे । आयरल्याण्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका र २ छक्का हिर्काएका थिए । त्यस्तै, एन्डी बालबर्नीले ३८ तथा स्टुवार्ट थम्सनले २१ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछाने र पारस खड्का र अभिनास बोहोराले २–२ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए । यसअघि हङकङ र नेदरल्याण्डबिरुद्धको खेलमा नेपाल विजयी भएको थियो ।तर आजको खेलामा नेपाल पराजित भएपछिद आयरल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

उसले चार खेलबाट ६ अंक जोडेको छ भने नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप