मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जीतका लागि नेपालले पायो १ सय ४६ रनको लक्ष्य

बुधबार, २२ असोज २०७६, १३ : ०७
बुधबार, २२ असोज २०७६

एजेन्सी । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० शृङ्खलाअन्तरगत आयरल्याण्डबिरुद्धको तेस्रो खेलमा नेपालले जीतका लागि १ सय ४६ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो ।

आयरल्याण्डले आक्रामक शुरुवात गरे पनि नेपाली बलरहरुले मध्यक्रमलाई जम्न नदिएपछि आयरल्याण्ड ठूलो योगफल बनाउनबाट बञ्चित रह्यो ।

आयरल्याण्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, एन्डी बालबर्नीले ३८ तथा स्टुवार्ट थम्सनले २१ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछाने र पारस खड्का र अभिनास बोहोराले २–२ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए ।

यसअघि हङकङ र नेदरल्याण्डबिरुद्धको खेलमा नेपाल विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप