
लागुऔषध कारोवार मुद्दाका फरार अभियुक्त पक्राउ

लागुऔषध (चरेश) कारोवार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई आज प्रहरीले पक्राउ गरेको छ ।
थापा दशैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार फरार रहेका थापा पर्सा जिल्ला अदालतबाट तीन वर्ष कैद र रु दुई लाख जरिवाना सुनाइएका व्यक्ति हुन् ।
“जिल्ला अदालत पर्साले कैद फैसला सुनाएका राजीव थापा दशैँमा टीका लगाउन पनौती घर आएका बेला पक्राउ परेका हुन्”, प्रहरी प्रमुख सापकोटाले भन्नुभयो, “पक्राउ परेका थापालाई दशैँ बिदा सकिएलगत्तै जिल्ला अदालतमा बुझाउँछौँ ।”

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ