शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जुवा खेलाएको आरोपमा दुई जना पक्राउ

मङ्गलबार, २१ असोज २०७६, १८ : ०२
मङ्गलबार, २१ असोज २०७६

निकेश खनाल

महोत्तरी प्रहरीले महोत्तरीको लोहरपट्टी नगरपालिका ५ बाट सोमवार राती जुवा खेलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लोहरपट्टी नगरपालिका ५ बस्ने वर्ष ५८ का बिल्टु शर्मा र महोत्तरी औरही नगरपालिका १ बस्ने वर्ष ३० का प्रमोद मण्डल रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नेपाली ६७ हजार नगद र भारु ४ हजार ८ सय ५० नगद गरी जम्मा ७१ हजार ८ सय ५० रुपैया नगद र ३० हजार रुपैयाँको काटिएको चेक समेत बरामद गरेको छ ।

नेपाल प्रहरीको प्रदेश नम्बर २ जनकपुर कार्यालयबाट खटेको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय लोहरपट्टीमा राखिएको महोत्तरी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप