शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्षपछि पुर्ख्यौली घरमा दसैँ मनाए मन्त्री विष्टले

मङ्गलबार, २१ असोज २०७६, १७ : ५७
मङ्गलबार, २१ असोज २०७६

गुल्मी । संघीय सरकारका  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले १० वर्ष पछि  गुल्मीको दोहलीस्थित बुढोघर मै आएर दसैँ मनाएका छन् ।  

ईस्मा गाउँपालिका वडा नम्बर–४ दोहलीस्थित बाँझामा रहेकी ९० वर्षीया आमा चिन्ताकलीको हातबाट मन्त्री विष्टले टीका थाप्दा ६० जना भन्दा बढि बिष्ट परिवारको घुइँचो थियो ।

‘घरमै दसैँ हर्षउल्लासका साथ मनाउने धोको यो वर्ष पुरा भएको छ,’ मन्त्री विष्टले भने, ‘घरमै दसैँ मनाएको झण्डै दश वर्षपछि हो । आमासँग टीका थापेको भने  सात–आठ वर्ष भयो ।’

उनले ईस्मा गाउँपालिका प्रमुख रहेका दाजु लक्ष्मण विष्टको हातबाट टीका थापे । त्यस्तै, माइला दाजु निरबहादुर बिष्ट र भाउजुहरुसँग पनि टिका थापेका थिए । उनी त्यस परिवारका साइँला भाई हुन् । त्यस पछि उनले भाई चुराबहादुर विष्ट,  भतिज रवीचन्द्र बिष्ट लगायलाई पनि टिका लगाइदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप