राजदेवी मन्दिरमा १४ हजार बोकाको बलि दिइयो
सोमबार, २० असोज २०७६, १४ : ३१

जनकपुर- जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा याे वर्ष १४ हजार ६ सय ३३ बोकाको बलि दिइएको छ ।
आइतबार साँझ करिब ८ बजेबाट सुरु भएको बलि प्रदानको कार्यक्रम सोमबार बिहान ३ बजेर ३३ मिनेटसम्म चलेको पूजा मूल आयोजक महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले जानकारी दिए।
गत बर्ष मन्दिरमा १४ हजार ९ सय ९७ बोकाबली प्रदान गरिएको थियो ।
बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाको लागि ५ जनाको समूहमा स्वयंसेवक परिचालित थिए । बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा ५ जना जनशक्ति खटाइएको थियो । त्यस्तै नवमीका दिन अर्थात आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुरले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
-
तस्बिरमा हेर्नुहोस् भक्तपुरको जिब्रो छेड्ने जात्रा
-
एमालेभित्रको विवाद : विराटनगरमा पनि दुई प्यानल
-
कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी
-
नेप्से परिसूचक २७.१४ अंकले वृद्धि, कारोबार रकम पनि वृद्धि
-
अमेरिका र बेलायतबीच सम्झौताको सम्भावनाबारे के भन्छन् जेडी भान्स ?