दसैँमा यसरी देखिनुहोस् सुन्दर (भिडियो)
हिन्दुहरूको महान चाड बडादशैं हाम्रो घर दैलोमा भित्रिसकेको छ । दसैँ भन्ने बित्तिकै पारिवारिक जमघट शीर्ष स्थानमा आउँछ । ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद थाप्ने हेतुले विदेशका र राजधानी केन्द्रित परिवारका सदस्य आफ्नो पुर्ख्यौली घर फर्कने र नाता कुटुम्बकोमा जाने प्रचलन छ । दसैँमा नयाँ लुगा किन्ने चलन पनि निकै पुरानो हो ।
नयाँ लुगा लगाएर चिटिक्क परेर टीका थाप्न हिँड्नु दसैँको विशेषतामा पर्छ । तर चिटिक्क पर्नका लागि लुगा मात्र होइन, मेकअपको पनि निकै महत्त्वपूर्ण भूमिका हुन्छ ।
अनुहारका लागि मेकअप जरुरी छ । यसले सुन्दरतामा निखार ल्याउनुका साथै वातावरणमा भएका विभिन्न विकिरण र हानिकारक तत्वबाट छालालाई सुरक्षा दिइरहेको हुन्छ ।
नेपालमा मेकअपलाई व्यवसायको रुपमा अंगालेका थुप्रै आर्टिस्ट छन्, तीमध्ये एक प्रतिष्ठित नाम हो राजेश घिमिरे । उनको ललितपुरको कानदेवतास्थानमा रहेको ब्युटी स्टुडियो ‘आर्डेन द ब्यूटी पोइन्ट’ मा सेलिब्रिटीको ओइरो लाग्छ । त्यही स्टुडियोमा गएर रातोपाटीले दसैँमा कस्तो मेकअप गर्ने भनेर भिडियो ट्युटोरियल बनाएको छ । यहाँ हामीले अधवैंसे महिलाका लागि मेकअपका कस्ता तरिका अपनाउने भनेर जान्ने जिज्ञासा राखेका छौं ।
मोडलः उपमा बस्ताकोटी
वार्डरोबः श्वेता आचार्य, भनिमण्डल, ललितपुर
मेकअपको विधिः
– सुरुमा सेटिङ स्प्रे लगाउने
– त्यसपछि मोइस्चुराइजर लगाउने
– थोरै प्राइमर लगाउने
– प्राइमरपछि लगाउनुहोस् फाउन्डेशन
फाउन्डेशन राम्रोसँग ब्लेन्ड गर्नुपर्छ ।
– र लगाउनुहोस् क्रिम ब्लसर
क्रिम ब्लसरले चाउरीपनालाई लचिलो बनाउँछ । अधबैंसे उमेर भएकाहरुले पाउडरको धेरै प्रयोग गर्नुहुँदैन । क्रिम ब्लसर लगाएपछि २/३ मिनेट सेट हुन छोड्नुहोस् ।
– त्यसपछि सेटिङ पाउडरले सेट गर्ने
यसले मेकअपलाई ‘होल्ड’ गर्छ ।
– लगत्तै, कभरेज पाउडर पनि लगाउने ।
आँखाका लागिः
– सुरुमा एकदमै थोरै बेस प्राइमर लगाउने
– कन्सिलर (एक सेड लाइटर)
– त्यसपछि थोरै हाइलाइटर लगाउने
– र लगाउनुहोस् आइस्याडो प्राइमर
– नेचुरल कलरको आइस्याडो लगाउने
– त्यसपछि एकदमै नेचुरल कलरले ब्लेन्ड गर्ने
– पेन्सिल गाजल लगाउने
लिक्विड गाजल लगाए चाउरीपना हाइलाइट हुन्छ । त्यसपछि पाँच मनेट छोड्ने ।
– त्यसपछि परेला कर्ल्ड गर्ने, मस्कारा लगाउने, इच्छुक व्यक्तिले बजारमा पाइने परेला पनि हाल्न सक्नुहुन्छ ।
– पातलो आँखीभौं छ भने पेन्सिलले कोर्नुहोस् । स्मरण रहोस्, आँखीभौंलाई अत्यधिक कालो देखाउनु हुँदैन ।
– आई मेकअपपछि, फिनिसिङ ब्लसर लगाउनुहोस्, थोरै इलुमिनेटर पनि लगाउनुहोस् ।
– अनुहारको सेप निकाल्नका लागि पाउडर कन्टोरको प्रयोग गर्नुहोस् ।
– त्यसपछि आँखाको सेप निकाल्न थोरै खैरो रङको गाजल लगाउनुहोस् ।
– लिपिस्टिक र गाजल लगाएपछि मेकअपको प्रक्रिया पूरा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत