जसले दसैँमा छुट्टी पाएनन् !

नेपालीले आफ्नो महान पर्व दसैँ मनाइरहेका छन् आफन्तजन सबै एक ठाउँमा जम्मा भएर, मीठो मीठो परिकारको स्वाद लिएर तथा मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिएर मनाइने दसैँ पर्वको छुट्टै महत्त्व छ ।
व्यक्तिअनुसार रमाइलो गर्ने तरिका फरक फरक हुन्छ । तर, कतिपय छुट्टी नमाउँदा कार्यक्षेत्रमै दसैँ मनाउन विवश हुन्छन् भने छुट्टी पाउने भने उत्साहित हुँदै आफ्नो थातथलोतिर लाग्छन् । यस्तै प्रतिनिधिमूलक पात्रको रुपमा रातोपाटीले घर जान पाएका र कार्यक्षेत्रमै दसैँ मनाउन विवश नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरतहरुसँग प्रतिक्रिया लिएको छः
काठमाडौँमै दसैँ
गोरखा घर भएका प्रहरी सहायक निरीक्षक (असई) रामेश्वर उप्रेती दसैँमा घर नगएको २ वर्ष भयो । हाल उप्रेती महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत छन् ।
दसैँमा प्रायः मान्छेहरू देशबाहिर जाने, घुम्ने, रमाइलो गर्ने गर्छन् । तर उनी ३ वर्षदेखि दसैँ मनाउन गोरखा जान पाएको छैनन् । यो दसैँमा पनि काठमाडौँमा नै हुनेछन् उनी ।
उनी भन्छन्- मेरा आफन्तहरु पनि काठमाडौँमा नै हुनुहुन्छ । त्यसर्थ एकछिन समय निकालेर आफन्तकोमा गएर मान्यजनसँग टीका ग्रहण गरेर काममा नै फर्किन्छु । अरुबेला फुर्सद हुँदैन । दसैँका बेला आफन्त सबैसँग भेटेर कुराकानी गर्थें । तर गएको वर्ष र यो वर्ष गाउँ जान पाइन् । त्यही पनि दुःख लागेको छैन ।
मेरो दसैँ ललितपुरमा
मनिष उप्रेती प्रहरी जवान हुन् । महानगरीय अपराध महाशाखा ललितपुरमा कार्यरत छन् । उप्रेती दसैँमा घर नगएको ६ वर्ष भयो । यसपालि पनि उप्रेतीलाई घर जान सम्भव छैन ।
यस वर्षको दसैँ ललितपुरमा नै मनाउने उनले बताए । उनले भने-हामी दसैँ मनाउनका लागि दसैँ बिदा सुरु भएपछि यसअघि आफ्नो जन्मथलो रौतहट जाने गथ्र्यौं । तर विगत ६ वर्षदेखि रौतहट गएर दसैँ मनाउन पाएको छैन । बीचमा केके समस्या आएर जान पाएको छैन । अफिसकै कारणले ६ वर्षदेखि घर जान नपाएको होइन् । मैले जहाँ दसैँ मनाए पनि आफ्नो धर्म, संस्कृति र रीतिरिवाज अनुसार नै दसैँ मनाउनेछु । सबै परिवार एकै ठाउँमा भेला भएर खुसीयाली साटासाट गर्ने हाम्रो योजना छ ।
नेपाली परम्परा अनुसार दसैँ मनाउँछु
प्रहरी सहायक निरीक्षक (असई) बाल्मीकि ओली पर्यटकी प्रहरी हुन् । बाँके घर भएकी ओली दसैँमा घर नगएको ४ वर्ष भयो ।
‘यस वर्षको दसैँ पनि काठमाडौँमा नै मनाउँछु,’ ओलीले भनिन्, ‘मेरो दसैँ अन्य नेपालीहरुको जस्तै सामान्य हुन्छ । खासमा हामी नेपाली सबैको दसैँ उस्तै हुन्छ जस्तो मलाई लाग्छ ।’
म नेपाली परम्पराअनुसार सामान्य तरिकाले नै दसैँ मनाउँछु । मैले दसैँ विशेष कुनै त्यस्तो प्लान बनाएको छैन ।
यसपालिको दसैँ काठमाडौँमै
नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यलदमा कार्यरत छन् कपिल अधिकारी । धादिङ गजुरी घर भएका अधिकारीले यो पटक दसैँमा बिदा पाएका छैनन् ।
अधिकारी भन्छन्, ‘विगतका वर्षहरुमा म दसैँ गाउँ गएर मनाउँथेँ । पहिला–पहिला धादिङ नै गएर दसैँ मनाउने भए पनि २०७६ सालको दसैँ भने मेरो काठमाडौँमा हुन्छ ।’
उनी थप्छन्- यो दसैँमा पनि आउन नसक्ने कुरा परिवारलाई जानकारी गराइसकेको छु । काठमाडौँमै रहनुभएका आफन्त र अफिसका सिनियर अफिसरको हातबाट टीका ग्रहण गरेर दसैँ मनाउने विचारमा छु । यस वर्षको दसैँमा खासै विशेष त्यस्तो केही छैन । म आफ्नै परम्परा अनुसार दसैँ मनाउँछु ।
गोरखामा दसैँ
किरण भट्टराई सशस्त्र प्रहरीका जवान हुन् । गोरखा घर भएका भट्टराई २०७४ सालको दसैँमा मात्र घर जान नपाएका हुन् ।
उनी भन्छन्- यो वर्षको दसैँ पनि गोरखामै मनाउँछु । विगतमा पनि मेरो आमा गोरखामा हुनुभएकाले उतै गएर दसैँ मनाउने गरेको थिएँ। २०७४ सालको दसैँ चाहिँ भने गोरखा गएर मनाउन पाइनँ। हामी २ दाजुभाइ छौँ । सकेसम्म सबैजना गोरखामै भेला भएर आफ्नो परम्परा अनुसार रमाइलो गरेर दसैँ मनाउनेछौँ । मलाई प्रायः दसैँ मनाउन गाउँमै मनपर्छ ।
यस्तै ठाकुर पन्त नेपाल आर्मीका सिपाही हुन् । यस वर्षको दसैँ जन्मथलो गोरखा जिल्लामा गएर मनाउने योजनामा छन् उनी ।
भन्छन्, ‘म परम्परा अनुसार दसैँ मनाउँछु । गाउँका सबै घरमूलीहरु विजयादशमीको दिन सबैभन्दा पहिले ठूलाको घरमा जाने हाम्रो प्रचलन छ । ठूलाको घरबाट सबै घरमूलीले जमरा लिएर आ–आफ्नो घरको जमरामा मिसाउँछन् । त्यसलाई हामी हाम्रो संस्कृतिअनुसार देवता भन्छौँ । हाम्रो गाउँमा कुनै पनि जातजातीबीच भेदभाव हुँदैन । हामी सबै मिलेर दसैँ मनाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै