शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ठगी गर्ने समूहका ४ जना पक्राउ, किर्ते लालपुर्जा बरामद

सोमबार, २० असोज २०७६, ११ : ४९
सोमबार, २० असोज २०७६

काठमाडौं– मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न समूहका तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ठगी कार्यबारे परेको उजुरीका प्रहरीले भक्तपुर सुर्यबिनायक नगरपालिका १सिरुटारकी सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका २५ बाङ्गेमुडाकी निर्मला श्रेष्ठ , ठहिटिकी  निलिमा श्रेष्ठ  र ललितपुर महालक्ष्मी नगरपालिका १ ईमाडोलका निरज ताम्राकारलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाईल, बल्यु प्रिन्ट, ट्रेस नक्सा ,जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने  रातो कवर, किर्ते कागज  तयार गर्नको लागि प्रयोग गर्ने रबर स्टयाम, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जा बरामद रहेको ललितपुर प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप