कोरला नाका छिटो खुलाउन संसदीय समितिको ताकेता
![कोरला नाका छिटो खुलाउन संसदीय समितिको ताकेता](https://rpcdn.ratopati.com/media/albums/bikash1_OcufousZ0J.jpg)
काठमाडौं – संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले सो नाका पुग्ने बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत निरीक्षणको क्रममा नाका छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको हो ।
समितिकी सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिइन् । संसदीय समितिले सो सडक खण्डमा पर्ने पुल निर्माणका लागि हालसम्म डिजाइनको काम समेत नभएकोमा पनि असन्तुष्टि जनाएको छ ।
सभापति खड्काले पुलहरुको डिजाईन समेत नभएबाट सरकार सो नाका खुलाउन गम्भीर नभएको बताइन् ।
समितिले सो नाकासँग जोडिएको बेनी–जोमसोम–कोरला सडक खण्ड निर्माण कार्य पनि अति सुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर्न पनि सरकारलाई निर्देश गरेको छ ।
स्थलगत भ्रमणका क्रममा समितिकी सभापति खडकाले सो सडक खण्ड निर्माणका लागि विष्फोटक पदार्थको तत्काल व्यवस्था गरिदिन पनि सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको बताइन् ।
राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिन नसकेको समितिको बुझाइ छ ।
समितिले भौगोलिक विकटताका कारण पनि सो सडकखण्ड निर्माणको काममा ढिलाई हुन गएको निष्कर्ष पनि निकालेको छ । एक हप्ता अघि समितिकी सभापति खड्काको नेतृत्वमा सो सडकखण्डको स्थलगत अनुगमनका पुगेको संसदीय टोलीले सो सडकखण्ड निर्माणका लागि बजेटको भने अभाव नभएको पाइएको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बेलुन पड्किँदा मन्त्री र मेयर घाइतेदेखि सत्तारुढ दलमा सहमितसम्म
-
लेबनानमा आक्रमणमा परेका ढकालले भने– म ठीक छु, आजै नेपाल फर्किँदैछु
-
नवजन्म सुधार केन्द्र मृत्यु प्रकरण : मुर्गा नबन्दा सामूहिक कुटपिटले मण्डलको मृत्यु
-
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
-
कुम्भ मेलास्थलमा भिषण आगलागी
-
यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ : ज्ञवाली