शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख निवासदेखि हिरासतसम्म महराको यात्रा (फोटोफिचर)

आइतबार, १९ असोज २०७६, १८ : ३१
आइतबार, १९ असोज २०७६

काठमाडौँ  । निवर्तमान सभामुख कृष्णबहादुर महरा अन्ततः पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी  दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।  महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ । कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

तर महरा सभामुखको सरकारी निवासबाट निस्कदा भने बा ८ च ८०० नम्बरको रातो रङको गाडीमा निस्किएका थिए । 

यता महरालाई पक्राउका लागि प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको  थियो ।

महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख तुम्बाहाम्फेलाई लिखित जानकारी दिएको हो।

गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास भन्दै शुक्रबार किटान जाहेरी प्रहरीमा दर्ता भएको  थियो । 

सोही जाहेरी अनुसार जिल्ला अदालत काठमाडौंले आइतरबार दिउसो पक्राउ पुर्जी जारी  गरेको थियो ।

 त्यस लगत्तै महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप