शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२४ घण्टामा ८९ तालिबान मारिए

आइतबार, १९ असोज २०७६, १८ : ०६
आइतबार, १९ असोज २०७६

एजेन्सी – अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ । 
 
‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्य भएका छन्  ।

 विगत २४ घण्टामा तहार प्रान्त मात्र ८९ तालिबानी मारिए र ६७  जना घाइते भएका मन्त्रालयका प्रवक्ता रोहउल्लाह अहमदजाई एक पत्रकार सम्मेलनमा बताएका छन् । 

अफगानिस्तान लामो समयदेखि अस्थिर सुरक्षा अवस्थाबाट पीडित रहेको छ । तालिबान लडाकू समूह अफगान  सरकारसँग युद्धरत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप