साउदी अरेबियाका होटलमा अविवाहित विदेशी महिलाले पनि कोठा लिन सक्ने

एजेन्सी – साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको छ । कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ ।
तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले अर्थतन्त्रलाई विविधिकरण गर्ने उपायस्वरुप पर्यटन प्रबद्र्धनलाई अघि अघि सारेका छन् । । साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको छ ।
विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटल समक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो । “पर्यटकका लागि यो अबदेखि आवश्यक पर्ने छैन,” विज्ञप्तिमा भनिएको छ । साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा मुलुकका केही कानुनमा सुधार गरी पर्यटन प्रबद्र्धनमुखी नीतिहरु अघि ल्याउने घोषणा गरेको थियो । साउदी अरेबियाले विगतमा मुस्लिम तिर्थयात्री, विदेशी कामदार र खेलकूद वा सांस्कृतिक कार्यक्रमका दर्शकका लागि मात्र भिसा जारी गर्ने गरेको थियो ।
संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र धेरैजसो युरोपेली युनियनमा आबद्ध समेत ४९ मुलुकका नागरिकले अनलाइन ई–भिसा लिन वा आगमनकै क्षण भिसा लिन पाउने नयाँ नियम पनि सार्वजनिक गरिएको छ ।
तर सेप्टेम्बर २८ मा गरिएको एक आदेशमा विदेशीले पोशाक लगाउँदा मुस्लिम शरिया कानुन विपरीतका पोशाक वा वेशभुषा लगाउन नपाउने र लगाएको पाइए जरिवाना गर्ने नियाम अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो