मापसे गरेर लामो दूरीको बस चलाउने ८ चालक पक्राउ
आइतबार, १९ असोज २०७६, १२ : ४५

काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
असोज १६,१७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।
यस्तै उपत्यकामा चल्ने २ बस र एक ट्रकका चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई प्रहरीले नयाँ बसपार्क, नागढुंगा, थानकोटलगायतका क्षेत्रमा चेकजाँच गर्दा मापसे सेवन गरेको पाइएको थियो ।
पक्राउ पर्नेमा रोशन विक, शिवराज गिरी, रितेश नेपाली, पुष्पराज वाग्ले, बाबुराम राय , पूर्ण राई, सकिल खान, जनक भण्डारी, राम बहादुर उप्रेती र रामकृष्ण पाण्डे रहेका छन् । बसपार्कको चेकजाँचका क्रममा ना ८ ख ७२९८ को बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने