सुध्रन थाल्यो व्यापार घाटा : निर्यात झण्डै २६ प्रतिशतले बढ्यो

पछिल्लो समय देशको व्यापारघाटा सुध्रने सङ्केत देखिएको छ । भन्सार विभागले सार्वजनिक गर्ने प्रतिवेदनले नेपालको व्यापार घाटा सुधारोन्मुख अवस्थामा रहेको देखाएको हो ।
निर्यात २५.८७ प्रतिशतले बढ्दा व्यापार घाटा सुध्रिएको तथ्याङ्क सार्वजनिक भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३.०५ प्रतिशतले व्यापार घाटा घटेको छ । चालु आर्थिक वर्ष (२०७६/७७) को शुरुवातदेखि नै व्यापारघाटा कम हुने संकेत देखिएको छ । पहिलो महिना (साउन) पनि निर्यात २७.६८ प्रतिशतले वृद्धि भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको थियो ।
भदौ महिनामा आयात १.२२ प्रतिशतले घटेको छ । २ खर्ब २९ अर्बको ५० करोड ३६ लाख रुपैयाँ बराबरको आयात भएको छ भने १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
अघिल्लो वर्षको तुलनामासमग्र व्यापारको आकार भने ०.३९ प्रतिशतले वृद्धि देखिएको छ । अघिल्लो वर्ष २ खर्ब ४७ अर्ब ४ करोड ५६ लाख ३३ हजारको व्यापार यस वर्षको समीक्षा अवधिमा २ खर्ब ४८ अर्ब ५५ लाख लाख ५१ हजार कायम छ ।
भारत, क्यानडा, अमेरिका, इण्डोनेसिया लगायतका देशसँग नेपालको मुख्य व्यापार घाटा छ । नेपालको झण्डै १२० देशसँग वैदेशिक व्यापार रहेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले देशको वयापारघाटा तत्काल सोचेअनुरुप कम भएको नदेखिएपनि विस्तारै कम गर्दै लैजाने बताउँदै आएका थिए । यसका लागि उनले बजेट मार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था समेत गरे ।
क्लिङ्कर र सिमेन्टसँगै इन्धनको आयातमा कमी आउनु र वनस्पति ध्यू, धागो तथा तयारी पोशाक निर्यात बढेका कारण व्यापार घाटा कम हुन सहयोग पुगेको भन्सार विभागले जनाएको छ ।
देशको लागि व्यापार घाटा टाउको दुखाइको विषय बन्दै आएको छ । सरकारको सफलता÷ असफलतालाई पनि ब्यापारघाटासँग जोडेर हेरिदै आएको थियो ।
गत आर्थिक वर्ष (२०७५/०७६) मा व्यापार घाटाको आकार एक बर्षको बजेको आकारकै हाराहारीमा भएको थियो । व्यापारघाटा कम गर्न प्रभावकारी काम गर्न नसकेको आरोप विज्ञहरुले लगाउँदै आएका थिए । यस वर्षपनि सोही हाराहारीमा पुग्न सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए ।
भारतमा मात्र १२ अर्बको निर्यात
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने