टुबोर्ग ओपन सेसन्स् सिजन २ आउँदै
टुबोर्ग र च्यानल आरबिट्ररीले टुबोर्ग ओपन सेसन्स्को सिजन २ ल्याउने भएको छ । टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुती पेश गरिन्छ ।
यस वर्षको टुबोर्ग ओपन सेसन्स् संगीत र गायकहरुको चयनको आधारमा पहिलेभन्दा थप विशाल हुने बताइएको छ । यसमा दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले अक्टोबरदेखि रिलिज हुने सबै २६ वटा गीतहरुमा सँगै सहकार्य गर्नेछन् । ती मध्ये २० वटा गीतहरुमा प्रचलित कलाकारहरुले काम गर्नेछन्, ५ वटामा टुबोर्ग ड्रिम बिग प्रोजेक्टका विजेताहरुले काम गर्नेछन् भने एक मुख्य गीतमा विभिन्न कलाकारहरुले सांगीतिक सहकार्य गर्नेछन् ।
सिजन २ ले नेपाली संगीतकारहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साङ्गीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
सिजन २ मा स्वप्न सुमन, रोहित जोन क्षेत्री, उदय सोताङ र दि एलिमेन्टस् ब्याण्ड ले सिजन १ को सफलतालाई थप निरन्तरता दिनेछन् भने अरु १५ कलाकारहरुले यस सिजनमा पहिलो पटक टुबोर्ग ओपनको मञ्चमा प्रस्तुती दिँदैछन् ।
सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।
ड्रिम बिग प्रोजेक्टको गत वर्षको विजेताहरु आरिफ रौफ, सुनिता कार्की, मोनिस निरौला र शौरभ कार्की, राजेश नेपाली र सलोनि डंगोल रहेका थिए । नेपाली संगीतमा परिचित नामहरु श्रेया सोताङ, दिपक बज्रचार्य, रोहित जोन क्षेत्री, स्वप्न सुमन, हेमन्त राना, नितेश जंग कुवर, मनोज कुमार केसी, कबवेब र अरु कलाकारहरुले पनि सिजन १ मा प्रस्तुती दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई