शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस यसै सुधारिन कठिन छ, आँटिला मान्छेले प्रयास गर्नुपर्‍यो : नरहरि आचार्य

आइतबार, १९ असोज २०७६, ०८ : ४८
आइतबार, १९ असोज २०७६

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले कांग्रेस यसै सुधारिन कठिन रहेकोले आँटिला मानिसहरुले प्रयत्न गर्नुपर्ने बताएका छन् । दशैंको अवसरमा निजी निवासमा आयोजित एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले उक्त कुरा बताएका हुन् ।

त्यस अवसरमा नेता आचार्यले अबको महाधिवेशनमा वैकल्पिक नेतृत्व तयार हुनुपर्ने कुरा समेत बताए । छलफललाई सम्बोधन गर्दै आचार्यले मुलुकमा ओली सरकार मात्र नरहेको, तीन तहको सरकार रहेको, पालिका स्तरमा नेपाली कांग्रेस पनि एक तिहाई सरकारमा रहेको उल्लेख गर्दै केन्द्र र प्रदेश स्तरमा सरकार चलाउने पार्टीहरु एक भएको अवस्थामा नेपाली कांग्रेसको स्थिति के हो र प्रतिपक्षि दलले के गरेको छ । मूल्याङ्कन गर्नुपर्ने विषय भएको उल्लेख गरे  ।

सोही छलफललाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सरकार काण्डै काण्डमा फँसेको र भ्रष्टाचारको विषय मूल बनाएर हामी अगाडि बढ्नुपर्ने बताए । मुलुकमा भ्रष्टाचार व्यापक भएको र नेकपाको सरकार आएपछि जनताले राहत भन्दा बढी आहात पाएकाले  कांग्रेस आन्दोलनमानै जानुपर्ने गुरुङको भनाइ थियो ।

३ अरव प्रधानमन्त्री स्वोरोजगार कार्यक्रमको नाममा फजुल रुपमा ३ अरव सकिँदा पनि कांग्रेसलाई जगाउन भने अझै नसकिएको बताउँदै गुरुङले निवर्तमान सभामुखको हर्कतममा पनि हामीले शालिन रुपमा नै पनि किन बिरोध गर्न नसकेको हो ? भन्ने प्रश्न पनि गरे । उनले यो विषयले राष्ट्रिय मात्र होइन, अन्तराष्ट्रिय रुपमा पनि बदनाम भइएको र  यो नैतिकताको प्रश्न पनि भएकोले कांग्रेसले नैतिकताको विषय जोडदार रुपले हामीले उठाउनु पर्ने उल्लेख गरे ।

अर्का वक्ता प्रा.गणेशदत्त भट्टले दुईतिहाई बहुमत हुँदा हुँदै पनि सरकार प्रभावकारी नरहेको,सुशासनकोे स्थीति राम्रो नभएको, तेस्रो विकास निर्माणले गति लिन नसकेको र सरकार पूर्णरुपले असफल भएको उल्लेख गरेका थिए नेकपा क्याडरबेस पार्टी रहेकोले नेपाली कांग्रेसको आउने चुनाव त्यति सहज हुने जस्तो नदेखिराखेको उनले उल्लेख गरे । यतिका विषय हुँदा हुँदै पनि कांग्रेसले आफ्नो शक्ति बढाउन नसकेको उल्लेख गर्दै भट्टले संसदमा पनि कांग्रेसका सांसदहरु थप तयारीका साथ प्रस्तुत हुन जरुरी भएको बताए ।

जनतामा कांग्रेसमा विभाजन छ भन्ने सन्देश गइरहेको उल्लेख गर्दै भट्टले मुख्य विषयहरुम कांगे्रस एकै ठाउँमा छ भन्ने सन्देश दिनु जरुरी रहेको बताए ।

पूर्वमन्त्री भीमसेनदास प्रधानले पार्टी लोकतान्त्रिक हुँदाहुदै पनि लोकतात्रिक आचरण देखाउन नसकेको बताए । चुनाव पराजय हुँदा पनि जिम्मेवारी नलिने देखिएको उल्लेख गर्दै प्रधानले एकले अर्कोलाई दोष थोपरेर समस्याको समाधान नहुने बताए । उठेको प्रश्नको उत्तर दिन नसक्दा पनि गएको चुनाव हारेका हौं भन्ने तर्क प्रस्तुत गर्दै जागरणले सुतिराखेको कांग्रेसलाई जागा बनाएको उल्लेख गरे ।

सो छलफल कार्यक्रममा डा.ब्रतराज आचार्य, प्रा.टेकप्रसाद घिमिरे, ई.उमेश रुपाखेती, प्रदेश ३का सांसद जीवन डंगोल, युवा नेता रामचन्द्र घिमिरे लगायतका वक्ताहरुले पनि आ–आफ्ना विचार पेश गरेका थिए ।

कार्यक्रममा टोखा नगरपालिका उपमेयर उम्मेदवार रजनी थापा, शान्ता पौडेल, माइला डंगोल, श्रीराम केसी, रामप्रसाद न्यौपाने, विना प्रसार्ई, विषम केसी, रविन्द्र श्रेष्ठ रमेश महर्जन, श्याममणी आचार्य, सन्दिप थापा, जमुना डंगोल, उपस्थिति थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप