जापानमा वाइडबडीका २५ उडान, सबै उडानमा सञ्चालन खर्च पनि उठेन
काठमाडौं – नेपाल वायुसेवा निगमले वाइडबडी विमानबाट एक महिनामा (भदौ ११ देखि असोज १५ सम्म) काठमाडौं–ओसाका–काठमाडौं दुईतर्फी उडान २५ पटक गरेको छ ।
निगमले १२ वर्षपछि खुला गरेको यो रुटमा एयरबसको ए३३० वाइडबडी विमानबाट सेवा दिइरहेको छ । एक महिनामा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा एकतर्फी यात्रुको संख्या सबभन्दा धेरै २ सय ६५ पुगेको छ । निगमका अनुसार मंगलबार ओसाकाबाट फर्केर आएको उडानमा १३ बिजनेस श्रेणीका सिट र २ सय ५२ इकोनमी श्रेणीका सिटमा गरी २ सय ६५ जना यात्रु थिए । सबभन्दा कम यात्रु भदौ १३ गते थिए । उक्त उडानमा ४ जना बिजनेश श्रेणीका सहित जम्मा १८ जनामात्रै यात्रु काठमाडौंबाट ओसाका उडेका थिए ।
यो एक महिनामा वाइडबडी विमानले दुईतर्फी गरेर २३ सय २६ जना यात्रु ओसारेका छन् । जसमा जापानबाट नेपाल आउनेको संख्या १६ सय १८ छ भने ७ सय ८ नेपालबाट जापान जाने यात्रु थिए ।
एक अधिकारीका अनुसार यी सबै उडानमा निगमले सञ्चालन खर्च पनि उठाउन सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधको मुद्दा लागेर फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै