खसी व्यापारीको प्रश्न : सरकारले आफैले पाले जसरी खसी/बोकाको मूल्य तोक्ने ?
सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी÷बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन् ।
सरकारले दसैँका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौँको घाटा व्यहोर्न बाध्य भएका हुन् ।
फूलपातीको दिन काठमाडौँको भृकटीमण्डवमा भेटिएका काभ्रेका व्यापारी दीपक प्रसाद वन्तले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौँको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गरे । उनले किसानसँग प्रतिकेजी ६०० रुपैयाँ हालेर ल्याएको खसी÷बोका ५५० मा विक्री गर्दा भएको घाटा कसले व्यहार्ने पनि प्रश्न पनि गरे ।
‘आफूले ७ लाख हालेर ल्याएको खसी/बोकाको मूल्य ४ लाख पनि उठेन,’ खसी व्यापारी वन्तले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘मैले व्यहोरेको ३ लाख घाटा कसले पूरा गरिदिन्छ ?’ दसैँका बेला घाटामा गएपछि व्यापारीहरुले सरकारले आफैले पाले जसरी खसी÷बोकाको मूल्य तोकेर किसानहरुलाई मारमा पारेको आरोप लगाए ।
व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन् । अष्टमीको दिन केही होला किक भन्ने आशामा आफूहरु रहेको अर्का व्यापारी रामकृष्ण लोभोमीले बताए ।
उनले भारतबाट पनि खसी÷बोका आयात भएकाले पनि आफूहरु मारमा परेको गुनासो गरे । दसैँका लागि खसी/बोका भारतबाट आयात नगर्ने सरकारले बताएपनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ ।
दसैँमा खसी÷बोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर १०० रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे । केही नाफा हुने आसमा खसी÷बोका लिएर काठमाडौँ आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन् । अष्टमीको दिन केही आशातित व्यापार हुने उनीहरुको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित