भर्याङबाट ठेलेर भक्तपुरमा आफ्नै भाइको हत्या
भक्तपुर । आफ्नै भाईको भर्याङबाट धकेलेर हत्या गरेको अभियोगमा एक व्यक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका–२ घर भएका खिला अछामी रहेका छन् । अछामीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।
खिलाले भर्याङबाट धकेल्दा लडेर ४० वर्षीय नेत्र बहादुर अछामी गम्भीर घाइते भएका थिए । उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीले खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यता, आफ्नै छोराले धारिलो हतियार पिक प्रहार गर्दा नमोबुद्ध नगरपालिका–२ सल्लेनी बस्ने ४३ वर्षीय टेकबहादुर तामाङको शुक्रबार राति मृत्यु भएको छ ।
उनकै छोरा विजय तामाङले पिक प्रहार गर्दा गम्भीर घाइते भएका टेकबहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अभियुक्त विजयलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली पुलबाट हाम फाल्ने युवक मृत फेला
-
सभामुखको भ्रमणबाट राज्यले के पायो जवाफ चाहिन्छ : हरि ढकाल
-
पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल
-
भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
-
प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर