बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सञ्चालन गर्ने (रुटसहित)

शनिबार, १८ असोज २०७६, १४ : ३७
शनिबार, १८ असोज २०७६

काठमाडौं– नेपाल प्रहरीले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा आइतबारदेखि तीन दिनसम्म निःशुल्क रुपमा बस संचालन गर्ने भएको छ । 

दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा दिने उद्देश्यका साथ प्रहरीले निशुल्क बस सञ्चालन गर्न लागेको हो । 
निःशुल्क बस महाअष्ठमी, महानवमी र विजयादशमीको दिन सञ्चालन गरिने प्रहरीले जनाएको छ । 

जसका लागि प्रहरीले दुई वटा रुट तय गरेको छ । पहिलो रुटमा नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, रत्नपार्क, दरबारमार्ग, जयनेपाल हुँदै पुनः नक्सालसम्म चल्नेछ । जुन रुटमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बस चल्नेछ । 

यस्तै दोस्रो रुटको रुपमा नक्सालबाट सुरु भइ मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्सालसम्म चल्नेछ । यो रुटमा पनि बिहान ११ बजेदेखि ४ बजेसम्म निःशुल्क बस चल्नेछ । यस्तै नेपाली सेना र सशस्त्र प्रहरीले पनि दशैंको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप