शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महराविरुद्ध रोशनी शाहीले दिइन् प्रहरीमा किटानी जाहेरी, अब पक्राउ पर्लान् ?

शनिबार, १८ असोज २०७६, १४ : १९
शनिबार, १८ असोज २०७६

काठमाडौँ– निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको अभियोगमा प्रहरीमा किटानी जाहेरी परेको छ । 
संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर किटानी जाहेरी दिएकी हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पीडित रोशनीले महराविरुद्ध किटानी जाहेरी दिएको पुष्टि गरे । महराविरुद्ध उजुरी परेसँगै उनी पक्राउ पर्ने सम्भावना बलियो बनेको छ । प्रहरी स्रोतले उजुरीपछि थप अनुसन्धान भइरहेको जनाएकाे  छ । 

गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने आफ्नो बोलीको खण्डनन गरेकी थिइन् । उनले आफ्नो बोलीको खण्डन गरेको भएपनि धेरैले उनले दवावमा बोली फेरेको टिप्पणी गरेका थिए । 

बलात्कार आरोप लागेपछि महराले नेकपाकाे सुझावकाे आधारमा सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् । तर प्रहरी अनुसन्धानबाट भने महरा रोशनीको कोठामा पुगेको पुष्टि भइसकेको छ । 

यसैबीच महरामाथि कारबाही गर्न दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापाले आईजीपी सर्वेन्द्र खनालसहितको बैठक बोलाएका थिए । 

सोही बैठकमा गृहमन्त्री थापाले  अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।  सोही छलफलपछि रोशनी आफ्ना श्रीमानसहित किटानी जाहेरी दर्ता गर्न प्रहरीकहाँ पुगेको बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप