‘नेपालगञ्जको विकासमा विशेष चासो’
बाँके – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्जको विकासमा प्रदेश सरकारले विशेष चासो दिएको बताका छन् । नवनिर्मित बसपार्कको शनिबारउद्घाटन गर्दै उहाँले प्रदेशको औद्योगिक शहरका रुपमा नेपालगञ्जलाई विकास गर्न प्रदेश सरकार लागि परेको बताए ।
“केही सरकारी कार्यालय विस्थापन हुँदैमा नेपालगञ्जको विकासको गति रोकिँदैन, नेपालगञ्ज विकासको प्रक्रियामा गइसकेको छ, अहिलेको अवस्था निरासाजनक अवस्था हुँदै होइन, हाम्रो सोच मात्रै निरासाजनक भएको हो”, उनले भने, “सरकारी कार्यालयका कारणमात्रै शहरको विकास होइन, शहरका कारण पनि सरकारी कार्यालयको उपस्थिति हुने गर्दछ, नेपालगञ्ज त्यस्तै शहरमा पर्दछ ।”
उनले नेपालगञ्ज विकास प्रक्रियामा प्रवेश गरे पनि केही विकास भएको छैन भनेर नकारात्मक टिप्पणी र आलोचना गर्नु गलत हुने उल्लेख गरे ।
प्रदेश सरकारले विकासको लय समातेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले निरासावादी मनोवृत्तिले समाजलाई बदल्न नसकिने भएकाले यो नीति समाजमा नेतृत्व गर्ने नीति नभएको बताए ।
प्रदेश नं ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने सवालमा अग्रणी रहेको उल्लेख गर्दै उनले कुल गार्हस्थ्य वृद्धि दरका हिसावले सबैभन्दा माथि रहेको दाबी गरे । उनले भने, “प्रदेश नं ५ को कुल गार्हस्थ्थ उत्पादनको वृद्धिदर सात दशमलव सात छ, यो उच्चतम वृद्धिदर हो, सबै मिलेर अघि बढ्यौँ भने हामी उदाहरणीय बन्न सक्छौँ ।”
उनले नेपालगञ्जमा काठमाडौँ पछिकै आधुनिक र भव्य संरचनासहितको बसपार्क सञ्चालनमा आएकामा खुशी व्यक्त गर्दै यसको संरक्षण र सम्वद्र्धनमा कमी हुन नदिन उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले आजै उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसको समेत औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र