शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मब लिन्चिङको मामिलामा मोदीलाई पत्र लेख्ने ५० चर्चित हस्तीबिरुद्ध देशद्रोहको मुद्दा

शनिबार, १८ असोज २०७६, १२ : २०
शनिबार, १८ असोज २०७६

एजेन्सी । देशमा मब लिन्चिङको घटनामा चिन्ता जाहेर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेख्ने ५० चर्चित हस्तीहरुमाथि बिहारको मुजफ्फरपुरमा एफआइआर दर्ता भएको छ ।

द हिन्दुमा प्रकाशित समाचारका अनुसार एफआईआरमा देशद्रोह, उपद्रव, धार्मिक भावनामा चोट पुर्याएको र शान्तिमा खलल पुर्याएको भन्दै अलग–अलग धारा अन्तरगत मामिला दर्ज गरिएको छ ।

चर्चित इतिहासकार रामचन्द्र गुहा, फिल्म निर्देशक मणि रत्नम, अनुराग कश्यप र अभिनेत्री अपर्णा सेनसमेत करीब ५० जनाबिरुद्ध एफआईआर दर्ता गरिएको हो ।

खबरका अनुसार स्थानीय वकिल सुधीर कुमार ओझाको तर्फबाट दुई महिनाअघि दायार गरिएको एक याचिकामाथि मुख्य न्यायिक मजिस्ट्रेट सूर्य कान्त तिवारीको आदेशपछि यो प्राथमिकी दर्ता भएको छ । ओझाका अनुसार मुख्य न्यायिक मजिस्ट्रेटले २० अगस्तमा उनको याचिका स्वीकार गरेका छन् ।

राष्ट्रिय पुरस्कारबाट सम्मानित फिल्म निर्देशक अदूर गोपालकृष्णनको नाम पनि एफआईआरमा सामेल छ । यसमा चिन्ता जताउँदै उनले सत्तापक्षसँग सहमत नहुने जो पनि देशद्रोही बन्ने अवस्था आइपुगेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप