शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद बस्नेतद्वारा स्ववासी ९८ परिवारलाई लालपुर्जा वितरण

शनिबार, १८ असोज २०७६, १२ : १२
शनिबार, १८ असोज २०७६

भक्तपुर – सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका ९८ घर परिवारलाई लालपूर्जा वितरण गरेका छन् । वडा कार्यालयले शनिबारदधिकोटको चित्रपुरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका उनले लालपुर्जाविहीन परिवारलाई लालपुर्जा वितरण गरेका हुन् ।

सयौँवर्षदेखि चित्रपुर बस्तीका रुपमा रहेको परम्परागत उक्त बस्तीका बासिन्दाले अहिलेसम्म लालपुर्जाविहीन हुँदा आफ्नै जग्गा र घरको भोग चलन गरे पनि अन्य प्रयोजनका लागि उपयोग गर्न पाएका थिएनन् । 

भूकम्पमा सिङ्गो बस्ती भत्किँदासमेत राहत लिन निकै समस्या परेको यहाँका बासिन्दाले अहिले भूकम्पबाट भत्किएका घर बनाएपछि भने लालपुर्जा पाएका छन् । 

गत निर्वाचनमा यहाँका लालपुर्जाविहीन बासिन्दालाई लालपुर्जा दिलाइदिने प्रतिबद्धता व्यक्त गरे भन्दै आफ्नै पहलमा लालपुर्जाको व्यवस्था गरी वितरण गरेर आफ्नो घोषणा साकार पार्न सफल भएको बस्नेतले बताए । 

उनले लालपुर्जा वितरणदेखि विपद्मा राहत वितरणमा कुनै दल हेरेर विभेद नगरेको उल्लेख गरे । उनले लालपुर्जा पाएपछि अब आफ्नै घर धितो राखेर छोराछोरी पढाउनदेखि व्यवसाय गर्नसमेत बाटो खुलेको चर्चा गरे । 

चित्रपुरमा क्रसरोड बनाउन लागेको चर्चा गर्दै सांसद बस्नेतले ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर हुँदै शिकारीटार, अनन्तलिङ्गेश्वर मन्दिर, कालिकाडाँडा हुँदै रानीकाटेसम्म जाने सूर्यविनायक नगरपालिकाको मुख्य सडक बन्न लागेको बताए ।

कार्यक्रममा ३ नं प्रदेशका सांसद शशीजङ्ग थापाले भक्तपुरमा विकासको मूल फुटेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहको बजेटले दुईवर्षको अन्तरालमा गाउँ गाउँमा विकासका लहर आएको उल्लेख गरे। 

त्यसअवसरमा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले दुईवर्षमा विकासमा निकै लामो फड्को मारेको र अबका तीन वर्षमा विकासले पूर्णता पाउने बताए ।

वडा नं ४ दधिकोटका अध्यक्ष उत्तम थापालगायत विभिन्न व्यक्तिले विकासका गतिलाई रोक्न र अवरोध पु¥याउन नहुनेबारे चर्चा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप