दसैँमा घर फर्कनेको लर्कोः भक्तपुरमा १ किलोमीटर जाम
शनिबार, १८ असोज २०७६, ०९ : ५४

भक्तपुर । आज दसैँको सातौं दिन अर्थात् फूलपाती । दसैँले ढपक्कै ढाकेसँगै काठमाडौं बाहिर जानेको लर्को थप बढेको छ ।
भक्तपुरमा मात्रै बिहानको समयमा प्रतिघन्टा २ सय भन्दा बढी सवारी साधन जगाती नाका बाट बाहिरिएको जगाती बृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिएका छ्न् ।
जसका कारण भक्तपुरको जगातीदेखि सल्लाघारी खण्डसम्म जाम छ ।
कोटेश्वरदेखि सुर्यबिनायकचोकसम्म ६ लेनको सडक भएको र त्यसपछि सानो सडक सुरु हुने भएकाले जाम भएको प्रहरीको भनाइ छ ।