शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँमा घर फर्कनेको लर्कोः भक्तपुरमा १ किलोमीटर जाम

शनिबार, १८ असोज २०७६, ०९ : ५४
शनिबार, १८ असोज २०७६

भक्तपुर । आज दसैँको सातौं दिन अर्थात् फूलपाती । दसैँले ढपक्कै ढाकेसँगै काठमाडौं बाहिर जानेको लर्को थप बढेको छ । 

भक्तपुरमा मात्रै बिहानको समयमा प्रतिघन्टा २ सय भन्दा बढी सवारी साधन जगाती नाका बाट बाहिरिएको  जगाती बृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिएका छ्न् ।

जसका कारण भक्तपुरको जगातीदेखि  सल्लाघारी खण्डसम्म जाम छ । 

कोटेश्वरदेखि सुर्यबिनायकचोकसम्म ६ लेनको सडक भएको र त्यसपछि सानो सडक सुरु हुने भएकाले जाम भएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप