बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ !

शनिबार, १८ असोज २०७६, ०७ : २७
शनिबार, १८ असोज २०७६

भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । 
अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएमा त्यसको परिणाम अन्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो । 
‘यतिमात्रै होइन विश्वभरि जलवायु परिवर्तनजन्य कारणले अभावह अवस्था आउन सक्छ’ अध्ययनमा भनिएको छ ।
रुट्गर्स विश्वविद्यालयका प्राध्यापक ऐलन रोबोकको सहलेखनमा तयार पारिएको अध्ययनमा करोडौं मानिसको ज्यान जाने गरिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप