मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंको अवसरमा राजधानीमा सशस्त्र प्रहरीले निःशुल्क बस चलाउने

शुक्रबार, १७ असोज २०७६, २२ : ४६
शुक्रबार, १७ असोज २०७६

काठमाडौं । सशस्त्र प्रहरीले दशैँको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ ।

दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा दिन निःशुल्क बस संचालन गर्न लागेकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ । 

काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ¥याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।
यसैगरी  नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाईला, कलंकी, बल्खुुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ ।

सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ०८ः०० बजेदेखि संचालन हुने  सशस्त्र प्रहरी नायव उपरीक्षक  अजय छतकुलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप